मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

१६ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका लागि नेपाली टाेलि भुटानमा प्रस्थान  

१६ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका लागि नेपाली टाेलि भुटानमा प्रस्थान  

images
  • 355
    SHARES

  • images
    images
    images
    १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपका लागि नेपाली टाेलि भुटानमा प्रस्थान  
    images
    images
    images

    काठमाडौं, असार १४। नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा नेपालका सात जना खेलाडी १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिप–२०२६ मा सहभागी हुने भएका छन्। प्रतियोगिता असार १६ देखि २० गते सम्म भुटानमा आयोजना हुँदैछ।

    राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको आधिकारिक पत्रअनुसार नेपालबाट विभिन्न तौल तथा फिजिक विधामा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टोलीमा बिनु जीटी (महिला मोडल फिजिक १५५ से.मि.माथि), सीता खत्री (महिला एथलेटिक फिजिक), सगेन्द्र सिंह (पुरुष बडीबिल्डिङ ७५ केजी), दीपजंग रोका मगर (पुरुष बडीबिल्डिङ ८० केजी), सागर श्रेष्ठ (पुरुष बडीबिल्डिङ ८५ केजी), आकाश श्रेष्ठ (मेन्स स्पोर्ट्स फिजिक १७० से.मि.भन्दा कम) र पुकार श्रेष्ठ (मेन्स स्पोर्ट्स फिजिक १७५ से.मि.भन्दा माथि) रहेका छन्।

    images
    images
    images

    टोलीको नेतृत्व नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघका सचिव तथा प्राविधिक निर्देशक दिनेश कुमार राजभण्डारी ले गर्नेछन् भने अन्तर्राष्ट्रिय निर्णायकका रूपमा जोन्सन जोन्छेन सहभागी हुनेछन्।

    प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज आयोजित विशेष कार्यक्रममा ट्र्याकसुट वितरण गर्दै औपचारिक रूपमा बिदाइ गरिएको छ। कार्यक्रममा नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठ ले खेलाडीहरूलाई सफलताको शुभकामना दिँदै अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको गौरव बढाउने विश्वास व्यक्त गर्नुभयो। 

    त्यसै अवसरमा नयाँबजार डिभाइन फिजिकल फिटनेस का तर्फबाट दिनेश राजभण्डारी ले सम्पूर्ण खेलाडीहरूलाई प्रतियोगिताका लागि टी–शर्ट वितरण गर्नुभएको थियो। दक्षिण एसियाली स्तरको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीबाट यसपटक पदकसहित उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ।

    महासंघका पदाधिकारीहरूले खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्दै नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउन सफल हुने विश्वास व्यक्त गरेका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij