मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पाँचौं पदहस्तान्तरण सम्पन्न, अध्यक्षमा नविन थापा मगर

लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पाँचौं पदहस्तान्तरण सम्पन्न, अध्यक्षमा नविन थापा मगर

images
  • 257
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पाँचौं पदहस्तान्तरण सम्पन्न, अध्यक्षमा नविन थापा मगर
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको पाँचौं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।शनिबार देवदह–७ स्थित ओम दर्शन पार्टी प्यालेसमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।

    पदहस्तान्तरण कार्यक्रममा लायन्स वर्ष २०२५/२६ का अध्यक्ष बिमल तिवारीले लायन्स वर्ष २०२६/२७ का नवनिर्वाचित अध्यक्ष नविन थापा मगरलाई विधिवत रूपमा पद हस्तान्तरण गर्नुभएको थियो। सोही अवसरमा क्लबका सचिव, कोषाध्यक्ष तथा अन्य नयाँ कार्यसमितिका पदाधिकारीहरूले पनि पदभार ग्रहण गरेका थिए। नयाँ कार्यसमितिअन्तर्गत प्रथम उपाध्यक्षमा दिपेश पाण्डे, द्वितीय उपाध्यक्षमा दिनेश चौधरी, तृतीय उपाध्यक्षमा पूर्ण थापा, सचिवमा विकास श्रेष्ठ, कोषाध्यक्षमा सुरज पंगेनी, सहसचिवमा भानु पंगेनी तथा सहकोषाध्यक्षमा निशान्त भट्टराई चयन हुनुभएको छ। कार्यक्रममा निवर्तमान अध्यक्षले वार्षिक प्रतिवेदन, सचिवले कार्यक्रमगत प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै लायन्स डिस्ट्रिक्ट ३२५ पी, नेपालका डिस्ट्रिक्ट एक्सन टिम कोअर्डिनेटर एमजेएफ लायन विष्णुप्रसाद पौडेलले लायन्स क्लबहरू केवल औपचारिक कार्यक्रम र बैठकमा मात्र सीमित नभई समाजको वास्तविक आवश्यकता पहिचान गरी प्रत्यक्ष रूपमा जनतालाई लाभ पुग्ने सेवामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

    उहाँले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदान, विपद् व्यवस्थापन तथा युवा सशक्तीकरणका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्न सके लायन्स अभियानप्रति समाजको विश्वास अझ मजबुत हुने धारणा व्यक्त गर्नुभयो। साथै, नयाँ नेतृत्वले सदस्यहरूको क्षमता अभिवृद्धिसँगै स्थानीय तह तथा विभिन्न संघसंस्थासँग समन्वय गरी प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

    लायन्स वर्ष २०२५/२६ का अध्यक्ष लायन बिमल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन नविन थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लायन सुरज पंगेनीले गर्नुभएको थियो।

    कार्यक्रममा एरिया–३ का निर्वाचित एरिया चिफ लायन बैकुण्ठ कुमार श्रेष्ठ, डिस्ट्रिक्ट एडभाइजर (निर्वाचित डिस्ट्रिक्ट सिनियर एडभाइजर) लायन रामबहादुर गुरुङ, चार्टर प्रेसिडेन्ट (डिस्ट्रिक्ट डेपुटी चिफ) लायन दीपेश विक्रम मल्ल, डिस्ट्रिक्ट एडभाइजर लायन बिनोद थापा मगर, डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन बिमल भुसाल, गाइडिङ लायन विष्णु ज्ञवाली, लायन शोभा कुमारी थापा, डिस्ट्रिक्ट प्रोग्राम चेयरपर्सन (एनएलएफ) लायन कमल पौडेल, डिस्ट्रिक्ट प्रोग्राम मेम्बर लायन माधव आचार्य तथा विभिन्न लायन्स क्लब र लियो क्लबका पदाधिकारी एवं सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij