मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदहको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्यक्रम र संयोजक चयन

लायन्स क्लब अफ देवदहको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्यक्रम र संयोजक चयन

images
  • 304
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदहको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्यक्रम र संयोजक चयन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देवदहको लायन वर्ष २०२६/२७ को प्रथम बोर्ड बैठक क्लब अध्यक्ष लायन गणेश के. क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ।

    बैठकमा डिष्ट्रिक्ट ३२५ का सिनियर डिष्ट्रिक्ट एड्भाइजर लायन रामबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरू लायन विनोद थापा, लायन विष्णु ज्ञवाली तथा लायन मनबहादुर क्षेत्रीलगायतको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन क्लबका सचिव लायन शंकर सुवेदीले गरेका थिए।

    images
    images
    images

    बैठकले लायन वर्ष २०२६/२७ का लागि वार्षिक कार्ययोजना, सेवा कार्यक्रम तथा समुदाय केन्द्रित विविध गतिविधिको वार्षिक तालिका पारित गर्नुका साथै कार्यक्रम सञ्चालनका लागि विभिन्न संयोजकसमेत चयन गरेको छ।

    बैठकले लायन्सको मूल नारा “We Serve” लाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण, डिजिटल साक्षरता तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वर्षभरि विभिन्न सेवा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

    बैठकबाट मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको संयोजकमा लायन राजीव साकोटा, देवदह कप खेलकुद तथा एकेडेमी कार्यक्रम, लियो क्लब पुनर्जीवन अभियान तथा एआई एवं डिजिटल साक्षरता कार्यक्रमको संयोजकमा लायन गणेश के. क्षेत्री, लायन्स आँखा शिविरको संयोजकमा लायन विष्णु ज्ञवाली, रक्तदान कार्यक्रमको संयोजकमा लायन पवन पौडेल, स्वास्थ्य सेवा कार्यक्रमको संयोजकमा लायन जसबहादुर पुन, वातावरण संरक्षण कार्यक्रमको संयोजकमा लायन हिरालाल कंडेल, फेलोसिप तथा सदस्य सम्बन्ध कार्यक्रमको संयोजकमा लायन शंकर सुवेदी, महिला सशक्तीकरण कार्यक्रमको संयोजकमा लायन अञ्जु ओली तथा एलएलए अभियानको संयोजकमा लायन विनोद थापा चयन भएका छन्।

    बैठकले क्लबका वार्षिक कार्यक्रमलाई अझ प्रभावकारी, परिणाममुखी तथा समुदायको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्ने गरी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धित संयोजकहरूलाई आवश्यक कार्ययोजना तयार गरी कार्यान्वयनमा जुट्न आग्रह गरेको छ।

    यसअघि आइतबार बिहान स्थानीयवासीको सहभागितामा लायन्स क्लब अफ देवदहको कार्यालय परिसर सरसफाइ कार्यक्रमसमेत सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमको संयोजन लायन विष्णु ज्ञवालीले गरेका थिए।

    क्लबले सामाजिक सेवा, मानवीय सहयोग तथा सामुदायिक विकासका अभियानलाई निरन्तरता दिँदै लायन वर्ष २०२६/२७ मा समेत समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij