मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन सम्पन्न, नारायण आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन सम्पन्न, नारायण आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन

images
  • 325
    SHARES

  • images
    images
    images
    प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन सम्पन्न, नारायण आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन
    images
    images
    images

    लुम्बिनी पाना, दुबई (यूएई)। संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका नेपालीहरूको साझा सामाजिक संस्था प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशनले आगामी कार्यकाल २०२६–२०३० का लागि नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै संस्थालाई नयाँ नेतृत्व प्रदान गरेको छ।

    कार्यक्रमको औपचारिक शुभारम्भ वैदिक परम्पराअनुसार दीप प्रज्वलन गरी गरिएको थियो। श्रीवैष्णव परिषद् यूएईका महासचिव प्रदीप दाहाल तथा उपाध्यक्ष सन्तोषकुमार न्यौपाने (सम्पत कुमार)ले संयुक्त रूपमा स्वस्तिवाचन गर्दै विश्व शान्ति, नेपाली समुदायको उन्नति, मातृभूमिको समृद्धि तथा यूएईमा रहेका नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो।

    images
    images
    images

    उक्त अवसरमा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्सालले विदेशमा रहेका नेपालीहरूका संघ–संस्थाले केवल औपचारिक कार्यक्रम सञ्चालनमा सीमित नरही प्रवासी नेपालीहरूले भोगिरहेका समस्या समाधान, अधिकार संरक्षण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रवासी नेपालीबीच एकता, समन्वय र सेवाभावलाई अझ सुदृढ बनाउन संस्थाहरूले व्यावसायिक र परिणाममुखी ढंगले अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    कार्यक्रममा एकेन्द्रबहादुर थापा, दया सागर दाहाल, कृष्णबहादुर ढकाल, मेघराज सापकोटा, लक्ष्मण खनाल, बाबुराम सापकोटा, अमर रानाभाट, सुजन थापा, मनोज श्रेष्ठ तथा कमल गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै प्रवासी नेपाली एकता समाजले यूएईस्थित नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्दै सामाजिक एकता र सहकार्यलाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका थिए।

    संस्थाले स्थापना कालदेखि नै यूएईमा रहेका नेपालीहरूको हकहित संरक्षण, सामाजिक सद्भाव, आपसी सहयोग, मानवीय सेवा तथा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। अधिवेशनले विगतका गतिविधिको समीक्षा गर्दै आगामी चार वर्षका लागि संस्थाको भावी कार्यदिशासमेत तय गरेको जनाएको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्साल, विशिष्ट अतिथिहरूमा प्रवास सम्पर्क समिति यूएईका अध्यक्ष सुजन थापा, जनसम्पर्क समिति यूएईका वरिष्ठ उपसभापति अमर रानाभाट, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, निर्वाचन समिति संयोजक गोपालप्रसाद पराजुली, निर्वाचन समिति सदस्य तथा श्रीवैष्णव परिषद् यूएईका अध्यक्ष मणिराम खतिवडा तथा निर्वाचन समिति सदस्य एवं श्रीवैष्णव परिषद्का सल्लाहकार खेमराज न्यौपाने सहभागी हुनुहुन्थ्यो।

    यस्तै विशेष अतिथिहरूमा एनआरएनए–आईसीसीका उपाध्यक्ष मनोज श्रेष्ठ, नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरी, नेपाल पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष मेघराज सापकोटा, सनातन गौ संरक्षण यूएईका अध्यक्ष दया सागर दाहाल, हिन्दू जागरण नेपाल यूएईका अध्यक्ष केशवराज न्यौपाने, छेत्री समाज नेपाल यूएई शाखाका अध्यक्ष कृष्णबहादुर ढकाल, नेपाली बिजनेस काउन्सिल यूएईका कोषाध्यक्ष तथा नमस्ते ट्राभलका सञ्चालक एकेन्द्रबहादुर थापा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रम सभापतित्व तत्कालीन कार्यवाहक अध्यक्ष नारायण आचार्यको सभापतित्व,  संस्थाकी सह–सचिव बसन्ती रायमाझीको स्वागत र सचिव रामप्रसाद ढकालको संचालनमा सम्पन्न भएको थियो।


    यस्तो छ नव निर्वाचित कार्यसमिति 

    प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशनबाट नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि केँडेल, महिला उपाध्यक्षमा बशन्ती रायमाझी, उपाध्यक्षमा राम प्रसाद पाण्डे र हरिहर जयसवाल, महासचिवमा राम प्रसाद ढकाल, सचिवमा सागर दाहाल र सन्तोष कुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा सन्जिव आर्यवीर, सह-कोषाध्यक्षमा विजय तिवारी, सह-सचिवमा अर्पणा ढुङ्गाना र बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का तथा सह-प्रवक्तामा मित्रलाल कुँवर चयन भएका छन्। 

    त्यसैगरी सदस्यहरूमा पार्वती सिग्देल, दिपा सुवेदी, छबीलाल पाण्डे, टिकाराम कोइराला, ज्योति खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी छेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गा प्रसाद कोइराला चयन भएका छन्।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij