मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्ययोजना सर्वसम्मत पारित

लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्ययोजना सर्वसम्मत पारित

images
  • 186
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदह युनाईटेडको प्रथम बोर्ड बैठक सम्पन्न, वार्षिक कार्ययोजना सर्वसम्मत पारित
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। लायन्स क्लब अफ देवदह युनाईटेडको लायन वर्ष २०२६/२७ को प्रथम बोर्ड बैठक सम्पन्न भएको छ। शनिबार क्लबका अध्यक्ष लायन टिकाराम चापागाईको अध्यक्षतामा सम्पन्न बैठकले लायन वर्ष २०२६/२७ का लागि क्लबको वार्षिक कार्ययोजना तथा कार्यक्रम तालिकालाई सर्वसम्मत रूपमा पारित गरेको छ।

     

    images
    images
    images

    IMG-20260711-WA0002.jpg

     

    बैठकमा पारित कार्ययोजनाअनुसार क्लबले वर्षभरि स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरण, सदस्यता विकास र सामुदायिक सेवालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    IMG-20260711-WA0001.jpg

    कार्ययोजनामा वृक्षारोपण, रक्तदान, मधुमेह तथा आँखा परीक्षण शिविर, क्यान्सर सचेतना अभियान, महिला सशक्तीकरण कार्यक्रम, छात्रवृत्ति वितरण, वातावरण संरक्षण तथा सरसफाइ अभियान, वरिष्ठ नागरिक सम्मान, न्यानो कपडा वितरण तथा अन्य विविध सामुदायिक सेवामूलक कार्यक्रम समावेश छन्।

    IMG-20260711-WA0000.jpg

    त्यसैगरी, सदस्यता अभिवृद्धि अभियान, नेतृत्व विकास तालिम, क्लब एसेम्बली, फेलोसिप कार्यक्रम, पारिवारिक भेटघाट, वार्षिक समीक्षा बैठक तथा उत्कृष्ट सदस्यहरूको पुरस्कार एवं सम्मान कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। साथै, क्लबको दोस्रो वार्षिकोत्सव तथा चार्टर नाइट समारोहलाई विशेष प्राथमिकताका साथ आयोजना गरिने जनाइएको छ।

     

    IMG-20260711-WA0003.jpg

     

    कार्यक्रमका प्रमुख अतिथि जोन चेयरपर्सन लायन माधव आचार्यले लायन्सको मूल उद्देश्य समाजसेवा भएको उल्लेख गर्दै सेवामूलक गतिविधिलाई समुदायसम्म प्रभावकारी रूपमा पुर्‍याउन सबै सदस्य सक्रिय, जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। 

    उहाँले क्लबले तयार गरेको वार्षिक कार्ययोजनाको प्रशंसा गर्दै यसको प्रभावकारी कार्यान्वयनबाट क्लब जिल्लाकै उत्कृष्ट क्लबका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो।

    विशेष अतिथि तथा निवर्तमान अध्यक्ष लायन गणेश सापकोटाले आफ्नो कार्यकालका अनुभवहरू साझा गर्दै नयाँ नेतृत्वलाई योजनाबद्ध, पारदर्शी र सेवामुखी ढंगले अघि बढ्न आग्रह गर्नुभयो। उहाँले नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै क्लबको निरन्तर प्रगतिको कामना गर्नुभयो।

    बैठकले लायन वर्षको नारा "Engage to Transform" लाई आत्मसात गर्दै समाज रूपान्तरणका लागि सेवामूलक गतिविधिलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।७ कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन यमलाल आर्याल (शर्मा) ले गर्नुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij