मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह। रोट्रयाक्ट क्लब अफ तिलोत्तमा–देवदहको २८१औँ नियमित बैठक तथा रोटा वर्ष २०२६/०२७ को प्रथम बैठक शनिबार सम्पन्न भएको छ।
क्लबका अध्यक्ष रो. कमल थापाको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबका पूर्व अध्यक्ष तथा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का एड्मिनिस्ट्रेशन अफिसर रो. सुनिल गिरी, क्लबका पूर्व अध्यक्ष एवं देवदह व्यापार सङ्घका अध्यक्ष रो. माधव ढकाल, पूर्व अध्यक्ष रो. सन्दीप पौडेल, बोर्ड सदस्य, सदस्य तथा नयाँ सदस्यसहित २५ जनाको सहभागिता रहेको थियो। विदेशमा रहेका क्लबका सदस्यहरूले पनि अनलाइन माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए।
बैठकमा रोटा वर्ष २०२६/०२७ का लागि सञ्चालन गरिने सामाजिक, आर्थिक तथा मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधिबारे विस्तृत छलफल गरिएको थियो। साथै वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा समेत सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन क्लबका सचिव रो. रमित चापागाईंले गरेका थिए भने रो. किशन थापाले स्वागत मन्तव्य र रो. प्रीति यादवले धन्यवाद ज्ञापन मन्तव्य व्यक्त गरेका थिए।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij