मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह। राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, देवदह नगर समितिको आयोजनामा एकदिने बृहत् ‘वन डे मेकअप सेमिनार’ भव्य रूपमा सम्पन्न भएको छ।
देवदह नगर समितिका अध्यक्ष जस्मिन गुरुङको अध्यक्षता तथा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सौन्दर्य व्यवसायको विकास, सीप अभिवृद्धि तथा महिला आत्मनिर्भरताका विषयमा जोड दिइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख विद्यालक्ष्मी गुरुङले सौन्दर्य व्यवसाय पछिल्लो समय महिलाको आत्मनिर्भरताको बलियो र सम्मानित माध्यमका रूपमा स्थापित हुँदै गएको बताउनुभयो।
उहाँले महिलाहरू आर्थिक रूपमा सबल नभएसम्म समाजको वास्तविक रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै देवदह नगरपालिकाले महिलाको सीप विकास र उद्यमशीलतालाई सदैव प्राथमिकतामा राखेको र आगामी दिनमा पनि यस्ता व्यावसायिक तालिम तथा कार्यक्रमहरूमा आवश्यक सहयोग र सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा जिफन्ट प्रदेश कमिटी अध्यक्ष एवं केन्द्रीय सदस्य हुमकान्त काफ्ले, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका केन्द्रीय सदस्य पवि खनाल, सिद्धार्थनगर नगर कमिटी सल्लाहकार तथा वरिष्ठ ब्युटिसियन उषा किरण गुरुङ र बुटवल नगर कमिटीका अध्यक्ष शान्ता खत्रीलगायतको आतिथ्यता रहेको थियो।
सेमिनारमा प्रमुख प्रशिक्षक तथा मेकअप आर्टिस्ट करुणा पुरीले आधुनिक मेकअप प्रविधि, व्यावसायिक सीप तथा सौन्दर्य सेवामा प्रयोग हुने नवीनतम अभ्यासबारे प्रशिक्षण दिनुभएको थियो। देवदह, बुटवल र भैरहवा क्षेत्रका ६५ जना प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
संस्थाका उपाध्यक्ष विद्या थापाको स्वागत र सचिव बन्दना भुसाल भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij