मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम, ४९ युनिट रगत संकलन

जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम, ४९ युनिट रगत संकलन

images
  • 313
    SHARES

  • images
    images
    images
    जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम, ४९ युनिट रगत संकलन
    images
    images
    images

    लुम्बिनी पाना, पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–३ का वडा सदस्य तथा सामाजिक कार्यमा सक्रिय युवा टंकनाथ बश्यालले आफ्नो ४३औँ जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै ४९ युनिट रगत संकलन गरेका छन्।

     

    images
    images
    images

    1784209457147.jpg

    जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै बश्यालले कार्यक्रममा स्वयं १४औँ पटक रक्तदान गरेका हुन्। रक्त अभावका कारण बिरामीले उपचारमा कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४९ जना स्वेच्छिक रक्तदाताले रक्तदान गरेका थिए।

    कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण रक्तदाता, सहयोगी, शुभेच्छुक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सबैप्रति बश्यालले हार्दिक आभार व्यक्त गरेका छन्।३ उनले “रक्तदान जीवनदान हो” भन्ने भावनालाई आत्मसात गर्दै आगामी दिनमा पनि मानव सेवामूलक कार्य तथा स्वेच्छिक रक्तदान अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    रक्तदान कार्यक्रममा तिनाउ -३ का वडा अध्यक्ष चित्र बहादुर थापा, पूर्व वडा अध्यक्ष प्रेम प्रसाद पाण्डे लगायत को उपस्थिति रहेको थियो।

    नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखको समन्वय, नेपाल रेडक्रस सोसाइटी रुपन्देही र रक्तसञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक सहयोग गरेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij