मंगलवार, आश्विन १३ गते २०८३
लुम्बिनी पाना, देवदह । लायन्स डिष्ट्रिक्ट ३२५ पी नेपाल अन्तर्गत जोन १८ को डिष्ट्रिक्ट गभर्नर प्रि-जोनल एड्भाइजरी समिति बैठक सम्पन्न भएको छ।शुक्रबार देवदह स्थित पाठक फुडल्याण्डमा बैठक सम्पन्न भएको हो।
जोन १८ का जोन चेयरपर्सन लायन माधव आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा एमजेएफ लायन कृष्णप्रसाद पाण्डे (एम्बेसडर अफ गभर्नर तथा आईपी एरिया चिफ–३), एमजेएफ लायन कमल पौडेल (रिजन–९ का रिजन चेयरपर्सन) सहित जोन १८ अन्तर्गतका विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा अन्य विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
बैठकमा लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन गणेश के. क्षेत्री, लायन्स क्लब अफ देवदह पकारी वृक्षका अध्यक्ष लायन चमेली श्रीश बुढाथोकी (विनिता), लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका अध्यक्ष लायन नविन थापा मगर तथा लायन्स क्लब अफ देवदह युनाइटेडका सचिव लायन यमलाल शर्मा लगायत प्रत्येक क्लबका उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा जुलाई महिनाभित्र बाँकी बक्यौता भुक्तानी गर्ने, पहिलो क्षेत्रीय बैठकको मिति, स्थान तथा आयोजक क्लबको टुंगो लगाउने, सेवा कार्यक्रमहरूको योजना तथा कार्यान्वयन, नयाँ क्लब विस्तार, सदस्यता वृद्धि तथा प्रशिक्षण कार्यक्रम, क्लबहरूको वार्षिक कार्ययोजना लगायतका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो।
यसै अवसरमा आगामी शनिबार जोन १८ अन्तर्गतका चारवटा क्लबको संयुक्त आयोजनामा सञ्चालन हुने वृहत् वृक्षारोपण कार्यक्रममा सहभागी हुन सबैलाई निमन्त्रणा समेत गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि एमजेएफ लायन कृष्णप्रसाद पाण्डे, एम्बेसडर अफ गभर्नर तथा आईपी एरिया चिफ–३ ले आफूले हालसम्म प्रत्यक्ष रूपमा सहभागी भएका बैठकहरूमध्ये यो बैठक अत्यन्त व्यवस्थित, अनुशासित र उत्कृष्ट रहेको उल्लेख गर्दै आयोजक टोलीलाई धन्यवाद व्यक्त गर्नुभयो।
बैठकका क्रममा जोन १८ अन्तर्गतका सबै क्लबका अध्यक्षहरूलाई आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न प्रोत्साहनस्वरूप जोन चेयरपर्सन लायन माधव आचार्यद्वारा प्रशंसा–पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य लायन गणेश के.सी.ले, ध्वजाको अभिवादन लायन नविन थापा मगरले तथा धन्यवाद ज्ञापन लायन विनिता श्रीसले गर्नुभएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij