बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

वृक्षारोपणसँगै बिरुवा हुर्काउने अभियानमा लायन्स क्लब

वृक्षारोपणसँगै बिरुवा हुर्काउने अभियानमा लायन्स क्लब

images
  • 289
    SHARES

  • images
    images
    images
    वृक्षारोपणसँगै बिरुवा हुर्काउने अभियानमा लायन्स क्लब
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। वातावरण संरक्षणलाई केवल वृक्षरोपणमा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र हुर्काउने अभियानलाई समेत प्राथमिकतामा राख्दै देवदहका लायन्स तथा लियो क्लबहरूले संयुक्त रूपमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेका छन्।

    लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपाल (२०२६–२०२७) अन्तर्गत एरिया–३ को समन्वयमा देवदह -५ स्थित लायन्स क्लबको सचिवालय परिसर तथा देवदह -७ स्थित स्मृति वन बाटिका (प्रस्तरकला पार्क) मा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका फलफूल, औषधीय तथा छायाँ दिने बिरुवा रोपिएका हुन्।

    images
    images
    images

     

    la1.jfif

     

    कार्यक्रमको आयोजना लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह पाकरी वृक्ष, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ र लायन्स क्लब अफ देवदह युनाइटेडले संयुक्त रूपमा गरेका थिए। लियो क्लब अफ देवदह, लियो क्लब अफ भिजनरी युथ तथा लियो क्लब अफ देवदह पाकरी राइजिङले सह–आयोजकका रूपमा सहकार्य गरेका थिए।३ अभियानअन्तर्गत अशोक, आँप, कटहर, अम्बा, चिउरी, निम, मोरिंगा, सलिफा लगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। वृक्षरोपणलाई एकदिने कार्यक्रमका रूपमा नभई रोपिएका बिरुवाको नियमित संरक्षण, स्याहार र हुर्काउने दीर्घकालीन अभियानका रूपमा अघि बढाइने बताएका छन्।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ पी नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर सुनिल ओझाले वातावरण संरक्षण अहिले सबैको साझा जिम्मेवारी बनेको उल्लेख गरे। जलवायु परिवर्तनका असर दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा वृक्षरोपणलाई अभियानका रूपमा अघि बढाउनु आवश्यक रहेको उनको भनाइ थियो। उनले बिरुवा रोपेर मात्रै दायित्व पूरा नहुने बताउँदै त्यसको नियमित स्याहार, संरक्षण र हुर्काउने संस्कार समाजमा विकास गर्न सके मात्र यस्ता अभियानले सार्थकता पाउने धारणा व्यक्त गरे।

    कार्यक्रममा लायन्स क्लब अफ देवदहका संस्थापक अध्यक्ष विष्णुप्रसाद पौडेल, डिष्ट्रिक्ट चिफ विनोद थापा, डिष्ट्रिक्ट चिफ विमल भुसाल, डिष्ट्रिक्ट चिफ शोभाकुमारी थापा, एरिया–३ चिफ वैकुण्ठकुमार श्रेष्ठ, एरिया–३ चिफ रविन्द्र कक्षपति, लायन्स क्लब अफ देवदह पाकरी वृक्षका अध्यक्ष विनिता श्रीस, कार्यक्रम संयोजक यमलाल शर्मा, लियो क्लब अफ देवदहका समिन गैरे, लियो क्लब अफ भिजनरी युथका सुमन गुरुङ, लियो क्लब अफ देवदह पाकरी राइजिङका सन्ध्या क्षेत्रीलगायतको सहभागिता रहेको थियो।

    la2.jfif

    कार्यक्रमको अवसरमा सेवामुखी गतिविधिमा सक्रिय सदस्यहरूलाई प्रमुख अतिथि ओझाले ‘सर्भिस पिन’ प्रदान गरी सम्मानसमेत गरेका थिए।

    कार्यक्रम लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष नविन थापाको संयोजन, लायन्स क्लब अफ देवदहका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता शंकर सुवेदीको संचालनमा सम्पन्न भएको थियो।

    बढ्दो सहरीकरण, वन क्षेत्रको संकुचन र जलवायु परिवर्तनका असरबीच वृक्षरोपणसँगै संरक्षणलाई जोड दिँदै सञ्चालन गरिएको यस्तो अभियानले हरित वातावरण निर्माणमा स्थानीय समुदायको सहभागिता अझ सुदृढ हुने विश्वास गरिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij