सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमीको एनिभर्सरीमा विशेष अफर

ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमीको एनिभर्सरीमा विशेष अफर

images
  • 791
    SHARES

  • images
    images
    images
    ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमीको एनिभर्सरीमा विशेष अफर
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह–५, खैरेनीस्थित ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी साउन ४ गतेदेखि दोस्रो वर्षमा प्रवेश गर्दैछ।

    स्थापनाको पहिलो वर्ष सफलतापूर्वक पूरा गर्दै दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा एकेडेमीले ग्राहकका लागि आकर्षक छुट तथा उपहार योजनासहित विशेष अफर सार्वजनिक गरेको हो।

    images
    images
    images

    फेसियल, हेयर कटिङ, मेहेन्दी डिजाइन, प्रोफेशनल मेकअप तथा प्रोफेशनल ब्युटी कोर्स सञ्चालन गर्दै आएको सैलुन एण्ड एकेडेमीले एनिभर्सरीको अवसरमा साउन महिनाभरि सबै सेवा तथा कोर्समा २० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।

    त्यसैगरी, एनिभर्सरीकै दिन सेवा लिने सेवाग्राहीमध्ये लक्की ड्रमार्फत ३ जनालाई विशेष पुरस्कार प्रदान गरिनेछ भने ३ जनालाई क्लिजिङ, मेडिकेयर र पेडिकेयर निःशुल्क उपलब्ध गराइने एकेडेमीकी सञ्चालक सृजना श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त दिन सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क मेहेन्दी लगाइने व्यवस्था पनि गरिएको छ।

    पछिल्लो समय युवाहरू विदेश पलायन भइरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ग्लोअपले हाल ५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। यहाँ सौन्दर्यसम्बन्धी विभिन्न सेवा तथा व्यावसायिक तालिम एकै छानामुनि उपलब्ध रहेको सञ्चालक श्रेष्ठले बताउनुभयो।

    एनिभर्सरीको अवसरमा सञ्चालन गरिएका विशेष अफरबाट लाभ लिन इच्छुक सेवाग्राहीलाई साउन महिनाभित्र सेवा लिन एकेडेमीले आग्रह गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij