सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एक वर्षमै लोकप्रिय बन्यो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी, विशेष कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न

एक वर्षमै लोकप्रिय बन्यो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी, विशेष कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न

images
  • 502
    SHARES

  • images
    images
    images
    एक वर्षमै लोकप्रिय बन्यो ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमी, विशेष कार्यक्रम सहित वार्षिकोत्सव सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह–५, खैरेनीस्थित ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमीले विशेष कार्यक्रमका साथ आफ्नो पहिलो वार्षिकोत्सव सम्पन्न गरेको छ।

    कार्यक्रमकी प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले महिलाहरूले सीप सिकेर स्वदेशमै आत्मनिर्भर बन्नु गर्वको विषय भएको बताउनुभयो। उहाँले निरन्तर मेहनत, लगनशीलता र आत्मविश्वासका साथ अघि बढे सफलता अवश्य प्राप्त हुने धारणा व्यक्त गर्नुभयो।

    images
    images
    images

    वार्षिकोत्सवको अवसरमा एकेडेमीले साउन महिनाभरि सञ्चालन हुने विशेष अफरसमेत सार्वजनिक गरेको छ। फेसियल, हेयर कटिङ, मेहेन्दी डिजाइन, प्रोफेशनल मेकअप तथा प्रोफेशनल ब्युटी कोर्ससहित सबै सेवा र तालिममा २० प्रतिशत छुट प्रदान गरिने सञ्चालक सृजना श्रेष्ठले जानकारी दिनुभयो।

    उहाँका अनुसार वार्षिकोत्सवको दिन सेवा लिने सेवाग्राहीमध्ये लक्की ड्रमार्फत जनालाई विशेष पुरस्कार प्रदान गरिएको छ। साथै ३ जनालाई क्लिन्जिङ, मेडिकेयर र पेडिकेयर सेवा निःशुल्क उपलब्ध गराइएको तथा कार्यक्रममा सहभागी सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क मेहेन्दी लगाउने व्यवस्था गरिएको थियो।

    पछिल्लो समय युवाहरू विदेश पलायन भइरहेका बेला स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले करिब ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको ग्लोअप ब्युटी सैलुन एण्ड एकेडेमीले हाल ६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। एकेडेमीमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा तथा व्यावसायिक तालिम एकै छानामुनि उपलब्ध रहेको सञ्चालक श्रेष्ठले बताउनुभयो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij