मंगलवार, आश्विन १३ गते २०८३
यशोधरा भिक्षुणी बिहारमा वृक्षारोपण
लुम्बिनी पाना, देवदह । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाले आर्थिक वर्ष २०८२/८३ को शतप्रतिशत लक्ष्य हासिल गरेको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
देवदह–७ स्थित यशोधरा भिक्षुणी बिहार परिसरमा आयोजित कार्यक्रममा ३० भन्दा बढी फलफूलका बिरुवा रोपिएको हो। स्वच्छ वातावरण, हरियाली प्रवर्द्धन तथा भावी पुस्ताका लागि स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शाखाले जनाएको छ।
यशोधरा भिक्षुणी बिहारकी प्रमुख उपेखा गुरुमाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा यशोधरा भिक्षुणी बिहारका सचिव तिल विक्रम बुढाथोकी, नेपाल मगर संघ देवदह नगर समिति अध्यक्ष किसान बहादुर थापा तथा सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर कमला थापालगायतको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा शाखामा कार्यरत एजेन्सी म्यानेजर, सिटिजन लिडर्स तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
कार्यक्रममा शाखा प्रमुख बिनिता श्रीषले व्यवसायिक सफलतासँगै समाज र वातावरणप्रतिको दायित्वलाई पनि सँगसँगै अघि बढाउनु सिटिजन लाइफ इन्स्योरेन्सको मूल भावना रहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सामाजिक तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखाको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता थप उजागर गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम शाखा प्रमुख बिनिता श्रीषको अध्यक्षता, कार्यक्रम संयोजक तथा एजेन्सी म्यानेजर शोभा थापाको स्वागत र एजेन्सी म्यानेजर पारु न्यौपानेको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij