सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा आधुनिक ‘आईएनजी’ सिकाइ विधिबाट पठनपाठन सुरु

सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा आधुनिक ‘आईएनजी’ सिकाइ विधिबाट पठनपाठन सुरु

images
  • 328
    SHARES

  • images
    images
    images
    सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा आधुनिक ‘आईएनजी’ सिकाइ विधिबाट पठनपाठन सुरु
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। देवदह–२, ढेकवारस्थित सेभेन स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले आज देखि आधुनिक ‘आईएनजी’ सिकाइ विधि मार्फत पठनपाठन सुरु गरेको छ।

    विद्यालयका प्राचार्य टिकाराम चापागाईंका अनुसार प्रधानाध्यापक, सह–प्रधानाध्यापक तथा प्रबन्ध निर्देशकको सहमतिमा उक्त विधि लागू गरिएको हो। यसअन्तर्गत अबदेखि दैनिक तीन वटा कक्षा स्मार्ट बोर्डको माध्यमबाट प्रविधिमैत्री, प्रभावकारी र विद्यार्थी–केन्द्रित ढङ्गले सञ्चालन गरिनेछ।

    images
    images
    images

    प्राचार्य चापागाईंले आधुनिक शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै सूचना प्रविधिमा आधारित सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले ‘आईएनजी’ सिकाइ विधि लागू गरिएको बताए। उनका अनुसार यस विधिले विद्यार्थीहरूको सिकाइलाई थप सहभागितामूलक, रोचक, व्यावहारिक र प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

    उनले आधुनिक प्रविधिसँगै गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रतिबद्धताअनुरूप यो अर्को महत्वपूर्ण कदम भएको उल्लेख गरे।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij