मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

हरिशयनी एकादशी आज : तुलसी मठमा सार्ने परम्परासँगै चतुर्मास व्रत सुरु

हरिशयनी एकादशी आज : तुलसी मठमा सार्ने परम्परासँगै चतुर्मास व्रत सुरु

images
  • 102
    SHARES

  • images
    images
    images
    हरिशयनी एकादशी आज : तुलसी मठमा सार्ने परम्परासँगै चतुर्मास व्रत सुरु
    images
    images
    images

    लुम्बिनी पाना ।प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ मनाइँदै छ। यसै दिनदेखि घर–घरमा रोपिएको तुलसीको बिरुवा तुलसीको मठमा सारेर आगामी चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ।

    सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसी आज मठमा सारिन्छ। भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको पूजा गरिने धार्मिक मान्यता रहेको छ।

    images
    images
    images

    धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने विश्वास गरिन्छ। यही कारण यस दिनलाई हरिशयनी एकादशी भनिन्छ। विष्णुको शयनकालका यी चार महिनालाई चतुर्मास पनि भनिन्छ।

    वैदिक परम्पराअनुसार वर्षभरि २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत बस्न नसक्ने भक्तजनले चतुर्मासका आठ एकादशीमा व्रत बस्ने चलन छ। दैनिक कामकाजका कारण नियमित व्रत बस्न नसक्नेहरूले भने हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने गर्छन्।

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित बूढानीलकण्ठ, उपत्यकाका चार नारायण तथा देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनको उल्लेख्य भीड लागेको छ। एकादशीका दिन चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ। धार्मिक महत्वसँगै तुलसीलाई औषधीय गुणले भरिपूर्ण वनस्पतिको रूपमा पनि लिइन्छ। वैज्ञानिक अध्ययनहरूले तुलसीले वातावरण शुद्ध बनाउन तथा अक्सिजनको मात्रा बढाउन सहयोग गर्ने देखाएका छन्। तुलसी रोपिएको स्थानको हावा स्वच्छ रहने र विभिन्न रोगका कीटाणुको प्रभाव कम हुने विश्वास पनि गरिन्छ। वास्तुशास्त्रमा समेत तुलसीलाई शुभता, पवित्रता र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ।

    चार महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी) का दिन भगवान् दामोदरसँग वैदिक विधिअनुसार विवाह गराइन्छ। तुलसी विवाह सम्पन्न भएपछि अग्निस्थापना तथा हवन गरी चतुर्मास व्रतको समापन गर्ने सनातन परम्परा रहेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij