मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गौतम बुद्ध राष्ट्रिय उद्यानमा वृक्षारोपण, ‘रोटरी–रोट्रयाक्ट पार्क’ निर्माण गरिने

गौतम बुद्ध राष्ट्रिय उद्यानमा वृक्षारोपण, ‘रोटरी–रोट्रयाक्ट पार्क’ निर्माण गरिने

images
  • 299
    SHARES

  • images
    images
    images
    गौतम बुद्ध राष्ट्रिय उद्यानमा वृक्षारोपण, ‘रोटरी–रोट्रयाक्ट पार्क’ निर्माण गरिने
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । गौतम बुद्ध राष्ट्रिय उद्यान, देवदह–६, रुपन्देहीमा शनिबार संयुक्त वृक्षारोपण तथा संरक्षण कार्यक्रम सम्पन्न भएको छ। रोटरी क्लब अफ तिलोत्तमा रुपन्देही, रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदह, रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देही तथा रोटर्याक्ट क्लब अफ तिलोत्तमा सुद्धोधनको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा नियमित बैठकसमेत आयोजना गरिएको थियो।

    कार्यक्रममा रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटेरियन देवीलाल भट्टराई, रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष रोटर्याक्टर कमल थापा, रोटर्याक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष रोटर्याक्टर श्रीधर के.सी. तथा रोटर्याक्ट क्लब अफ तिलोत्तमा सुद्धोधनका अध्यक्ष रोटर्याक्टर सुवोध डुम्रेको अध्यक्षता रहेको थियो। स्मृति सामुदायिक वनका अध्यक्ष टेकबहादुर राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

    images
    images
    images

    रोटर्याक्टर सुवोध डुम्रेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा रोटर्याक्टर कमल थापाले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहका आईपीपी रोटर्याक्टर डा. विजय अमगाईँ, जिल्ला एडमिनिस्ट्रेटर तथा पूर्व अध्यक्ष रोटर्याक्टर सुनील गिरी, पूर्व अध्यक्षहरू रोटर्याक्टर माधव ढकाल, रोटर्याक्टर माधव आचार्य, रोटर्याक्टर गणेश सापकोटा, रोटर्याक्टर सन्दीप पौडेललगायत गरी करिब ६२ जना रोटरी तथा रोटर्याक्ट सदस्यहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमका अवसरमा विभिन्न प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साथै, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले उक्त क्षेत्रमा ‘रोटरी–रोटर्याक्ट पार्क’ निर्माण गरी हरियाली प्रवर्द्धन र संरक्षण अभियानलाई निरन्तरता दिने योजना सार्वजनिक गरेको जनाएको छ।

    वातावरण संरक्षण, हरियाली विस्तार तथा सामुदायिक सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij