बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सम्बद्ध पक्षविच छलफल 

फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सम्बद्ध पक्षविच छलफल 

images
  • 229
    SHARES

  • images
    images
    images
    फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सम्बद्ध पक्षविच छलफल 
    images
    images
    images

    लुम्बिनी पाना । नेपालगन्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनको लागि विभिन्न निकाय, संघ संस्था महासंघ, व्यवसायीक संघसंठनहरु विच वृहत छलफल भएको छ । बास नेपालको आयोजनामा विहीबार नेपालगन्जमा सम्पन्न स्थानीय नेतृत्व र नागरिक संलग्नता विषयक कार्यक्रममा उक्त छलफल गरिएको हो । यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग नेपालगन्ज उपमहानगरपालिका समिति, होटेल व्यवसायी संघ, गैरसकारी संस्था महासंघ लगातएका संघसंस्थाहरुसँग नेपालगन्ज उपमहानगरपालिकाको फोहोरलाई कसरी दिगो रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको हो । 

    कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अथिती पूर्व प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाले आफु नेपालगन्ज उपमहागरपालिकाको मेयरमा रहँदा फोहोर व्यवस्थापनको कार्य अगाडी बढाउँदै प्लाष्टिक मुक्त कार्यलाई योजनाबद्ध रुपमा अगाडी बढाएको दृष्टान्त राख्दै विविध कारणले उक्त कार्य सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले हाल द कोकाकोला फाउण्डेसनको सहयोग मार्फत नेपालगन्जमा दिगो फोहोर व्यवस्थापनको लागि हाल पुन काम सुरु भएकोमा खुसि व्यक्त गर्दै सबैलाई उक्त कार्यमा सहयोग र साथ दिन आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा वातावरण क्षेत्रमा लामो समय देखि काम गरिरहेका वातावरण विज्ञ हरीप्रसाद सुवेदीले फोहोर व्यवस्थापनको प्रस्तुतिकरण राखेका थिए । उलने फोहोरलाई व्यक्तिको व्यवहारबाट नै सफा गर्न बानीको विकास नभए सम्म दिगो समाधान हुन नसक्ने बताउँदै फोहोर व्यवस्थापन सम्बन्धि खेल मार्फत व्यवहारिक अभ्यास मार्फत सहभागीहरुलाई कार्यक्रममा संलग्न गराए । 

    कार्यक्रममा यातायात व्यावसायी संघ, होटोल व्यावसायी संघ, गैरसरकारी संस्था महासंघ लगाएतले फोहोरको व्यवस्थापनको लागि आआफ्नो तर्फबाट प्रतिबद्धता व्यक्त गरे । 

    बासका परियोजना अधिकृत रबिन्द्र बोहराले संचालन गरेको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले उद्धेश्यबारे जानकारी गराएका थिए ।  हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत सम्पन्न कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij