सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा

बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा

images
  • 283
    SHARES

  • images
    images
    images
    बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आजदेखि सञ्चालनमा
    images
    images
    images

    लुम्बिनी पाना। नागढुंगा सुरुङमार्ग सोमबार देखि संचालनमा आएको छ। 

    आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्।

    images
    images
    images

    लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। 

    उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ। 

    करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो राष्ट्रिय गौरवको आयोजना शिलान्यास भएको ७ वर्षपछि सञ्चालनमा आएको हो। सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधनको यात्रा सहज हुने, ट्राफिक जाम घट्ने र यात्रा समय उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij