सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नारायणी अस्पतालमा आक्रमणमा घाइते डा. प्रमोद राम ट्रमा सेन्टरमा, दोषीमाथि कारबाही गर्न मन्त्रालयको आग्रह

नारायणी अस्पतालमा आक्रमणमा घाइते डा. प्रमोद राम ट्रमा सेन्टरमा, दोषीमाथि कारबाही गर्न मन्त्रालयको आग्रह

images
  • 306
    SHARES

  • images
    images
    images
    नारायणी अस्पतालमा आक्रमणमा घाइते डा. प्रमोद राम ट्रमा सेन्टरमा, दोषीमाथि कारबाही गर्न मन्त्रालयको आग्रह
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं।  वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्।

    images
    images
    images

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार डा. रामलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

    यसैबीच, मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    मन्त्रालयले उपचारका क्रममा हुने कुनै पनि अप्रिय घटनाको छानबिनका लागि प्रचलित कानुनी व्यवस्था रहेकाले कानुन हातमा लिएर हिंसात्मक गतिविधि गर्नु कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट गरेको छ।

    साथै, घटनामा संलग्न दोषीहरूको पहिचान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij