सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य

images
  • 135
    SHARES

  • images
    images
    images
    बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
    images
    images
    images

    लुम्बिनी पाना, काठमाडौं । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा उपयोगी मानिएको मोरिङ्गा (सजिवन/शितलचिनी)लाई शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरी बराह एग्रो फुड्सले ‘बराह मोरिङ्गा’ बजारमा ल्याएको छ ।

    राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा नेतृ तथा पूर्वमन्त्री भगबती चौधरीले उत्पादनको औपचारिक सार्वजनिक गर्दै प्राकृतिक र शुद्ध खाद्य उत्पादनले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताइन् ।

    images
    images
    images

    उनले सुनसरीको बराहक्षेत्र–१ मा उत्पादन गरिएको बराह मोरिङ्गा भिटामिन, खनिज तथा प्रोटिनको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउनुका साथै स्वस्थ जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै महिला उद्यमशीलता र युवा स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो अभियान अघि बढाइएको उनको भनाइ थियो ।

    पूर्वमन्त्री चौधरीका अनुसार मोरिङ्गाले शरीरलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुर्‍याउँछ । मधुमेह, उच्च रक्तचापलगायत जीवनशैलीसँग सम्बन्धित समस्यामा समेत यसको उपयोगिता रहेको उनले उल्लेख गरिन् । मोरिङ्गाको फल स्वादिष्ट र पोषणयुक्त भएकाले यसको उत्पादन र उपभोग विस्तार गर्न आवश्यक रहेको उनले जोड दिइन् ।

    ग्रामीण महिला उत्सुकता विकास मञ्चको प्राविधिक व्यवस्थापनमा स्थानीय आदिवासी तथा जनजाति महिलाहरूको सक्रिय सहभागितामा उत्पादन गरिएको बराह मोरिङ्गालाई देशव्यापी रूपमा विस्तार गर्दै ग्रामीण क्षेत्रमा महिला उद्यमशीलता र युवाको स्वरोजगार प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा युएनडिपी, डी जेड आइ फाउन्डेसन र एलडब्लूआरको वित्तीय तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको यस परियोजनाले स्थानीय उत्पादनलाई व्यावसायीकरण गर्दै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको थियो ।

    सो अवसरमा समाज कल्याण परिषद्का पूर्व सदस्य सचिव डिल्ली भट्ट, राजश्री विश्वविद्यालयका परीक्षा नियन्त्रक डा. श्यामकिशोर महतो, फरवार्ड माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराई, किसान नेटका अध्यक्ष सूर्य भुसाललगायतका वक्ताहरूले मोरिङ्गाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे चर्चा गर्दै यसको उत्पादन विस्तारले महिला सशक्तीकरण र ग्रामीण अर्थतन्त्रलाई थप गतिशील बनाउने धारणा राखे ।

    कार्यक्रममा बराह मोरिङ्गा नियमित सेवन गरिरहेका व्यक्तिहरूले आफ्ना स्वास्थ्य अनुभवसमेत साझा गरेका थिए । उनीहरूले मोरिङ्गा पोषक तत्वको उत्कृष्ट स्रोत भएको उल्लेख गर्दै उत्पादनलाई अझ गुणस्तरीय, आधुनिक प्याकेजिङसहित अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सुझाव दिएका थिए ।

    फरवार्ड नेपालका प्रमुख कार्यकारी निर्देशक द्रव्यराज चौधरीले बराह मोरिङ्गाको उत्पादनमा शुद्धता र गुणस्तरलाई प्राथमिकता दिइएको बताउँदै आगामी दिनमा यसको उत्पादन, ब्रान्डिङ र बजार विस्तारलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij