सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा मगर विद्यार्थी सम्मान तथा अभिमुखीकरण, शिक्षासँगै भाषा–संस्कृति संरक्षणमा जोड

देवदहमा मगर विद्यार्थी सम्मान तथा अभिमुखीकरण, शिक्षासँगै भाषा–संस्कृति संरक्षणमा जोड

images
  • 261
    SHARES

  • images
    images
    images
    देवदहमा मगर विद्यार्थी सम्मान तथा अभिमुखीकरण, शिक्षासँगै भाषा–संस्कृति संरक्षणमा जोड
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा विद्यार्थीलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल मगर संघ देवदह नगर समितिको आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरी कक्षा ११ मा अध्ययनरत मगर विद्यार्थीलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा देवदह क्षेत्रका एक सय बढी मगर विद्यार्थीलाई सम्मान गरिएको थियो।

    अभिमुखीकरण सत्रमा केन्द्रीय लेखा समिति सदस्य जसबहादुर पुनले मगर समुदायको भेषभूषा, संस्कार, संस्कृति र पहिचानका विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै, संघका पूर्व केन्द्रीय सहअध्यक्ष दलबहादुर विरकट्टाले मगर समुदायको इतिहास र नेपाल मगर संघको स्थापना, सञ्चारकर्मी यम रानाले मगर समुदाय र राजनीतिक सहभागिता तथा उद्यमशीलता, र विनोद थापाले मगर समुदायमा शिक्षाको महत्व र इन्जिनियर लोकेन्द्र जर्घा मगरले मगर समुदाय र उद्यमशिलता विषयमा विद्यार्थीलाई अभिमुखीकरण दिएका थिए।

    images
    images
    images

    कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष थर्कबहादुर बाह्रघरे, देवदह नगरपालिका–२ का वडाध्यक्ष दलबहादुर राकासकोटी तथा संघका पूर्वअध्यक्ष सल्लाहकार संयोजक मनबहादुर रानालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

    कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष किशन बहादुर थापाको अध्यक्षता, नगर उपाध्यक्ष मिलन मास्की रानाको स्वागत र सचिव चोलीमाया रानाको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij