सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको हो
बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. खड्गबहादुर केसी र सचिवमा प्राध्यापक डा. रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।२ त्यस्तै, नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गरी उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावअनुसार बालबालिका सम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसद्मा पेस गर्न अनुमति दिएको छ।
यस्तै, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार पशु बधशाला तथा मासु जाँच ऐन, २०५५ लाई नेपालभर चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने निर्णय पनि गरिएको छ।
बैठकले सुनसरी र सिराहामा हालै भएका आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने तथा घाइतेहरूको उपचार र राहतको व्यवस्था गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij