सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सगरमाथा आवासीय माविमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

सगरमाथा आवासीय माविमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

images
  • 147
    SHARES

  • images
    images
    images
    सगरमाथा आवासीय माविमा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह–७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सिर्जनात्मक तथा साहित्यिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै सह–प्राचार्य प्रदीप अधिकारीले कविता मानवीय संवेदना, करुणा र प्रज्ञाको विकास गर्ने सशक्त माध्यम भएकाले विद्यार्थीहरूलाई साहित्यप्रति आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए। समाज परिवर्तनमा साहित्यको महत्वपूर्ण भूमिका रहने भएकाले विद्यालयले नियमित रूपमा यस्ता सिर्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको उनले उल्लेख गरे।

    images
    images
    images

    प्रतियोगिताको जुनियरतर्फ कक्षा ५ की इप्सु पोखरेल प्रथम, निजु श्रेष्ठ द्वितीय, माल्भिका पौडेल तृतीय तथा शिवान्या आचार्य र लविशा चापागाईं सान्त्वना हुन सफल भए।

    यस्तै, सिनियरतर्फ कक्षा १० का सुवोध पाठक प्रथम, कक्षा ९ का पुष्कल पाण्डे द्वितीय, कक्षा ८ की नेहा रोका तृतीय तथा वर्षा भट्टराई सान्त्वना घोषित भए।

    विद्यालयका ६२ जना विद्यार्थी सहभागी रहेको प्रतियोगिता सह–प्राचार्य प्रदीप अधिकारीको अध्यक्षता तथा अतिरिक्त क्रियाकलाप प्रमुख दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक मिनु घिमिरे र सुमन पाण्डेले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij