सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

बैकुण्ठनगर बाल उद्यानमा रोट्रयाक्ट क्लब अफ देवदहको वृक्षरोपण, ५० भन्दा बढी बिरुवा रोपिए

बैकुण्ठनगर बाल उद्यानमा रोट्रयाक्ट क्लब अफ देवदहको वृक्षरोपण, ५० भन्दा बढी बिरुवा रोपिए

images
  • 270
    SHARES

  • images
    images
    images
    बैकुण्ठनगर बाल उद्यानमा रोट्रयाक्ट क्लब अफ देवदहको वृक्षरोपण, ५० भन्दा बढी बिरुवा रोपिए
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोट्रयाक्ट क्लब अफ देवदहले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। देवदह–५, बैकुण्ठनगरस्थित बैकुण्ठनगर बाल उद्यानमा आयोजित कार्यक्रममा ५० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

    रोट्रयाक्ट क्लब अफ देवदहका अध्यक्ष नवीन पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा देवदह नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष गणेश डुम्रे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा निम, कटहर, कपूरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको क्लबले जनाएको छ। बाल उद्यान तथा सार्वजनिक स्थलको हरियाली बढाउनुका साथै वातावरण संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले वृक्षरोपण गरिएको हो।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले वृक्षरोपणले वातावरणीय सन्तुलन कायम राख्न, वायु प्रदूषण न्यूनीकरण गर्न, तापक्रम नियन्त्रण गर्न, माटोको क्षयीकरण रोक्न तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। पछिल्लो समय बढ्दै गएको वातावरणीय प्रदूषण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षण र हुर्काउने कार्य पनि उत्तिकै आवश्यक रहेको बताए ।

    सार्वजनिक स्थानमा वृक्षरोपण गर्दा स्थानीय बासिन्दा तथा बालबालिकामा वातावरण संरक्षणप्रतिको चेतना अभिवृद्धि हुनुका साथै स्वच्छ, हराभरा र आकर्षक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको क्लबले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij