सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । देवदहमा ४५ दिने निःशुल्क ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। सिटिइभिटी (CTEVT) बाट सम्बन्धन प्राप्त बिबिसी ट्रेनिङ सेन्टरको आयोजना तथा जस्मिन ब्युटी पार्लरको व्यवस्थापनमा तालिम सञ्चालन गरिएको हो।
तालिम पूरा गरेका प्रशिक्षार्थीलाई समापन समारोहका बीच प्रमाणपत्र वितरण गरिएको छ। तालिममार्फत महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्या लक्ष्मी गुरुङले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बन्न महत्वपूर्ण आधार तयार गर्ने बताइन्। उनले तालिममा सिकेको सीपलाई व्यवहारमा प्रयोग गर्दै स्वरोजगार तथा उद्यमशीलतातर्फ अघि बढ्न सहभागीलाई आग्रह गरिन्। सीपलाई व्यवसायका रूपमा विकास गर्न सके आयआर्जनसँगै परिवार र समाजमा महिलाको आर्थिक भूमिका थप बलियो हुने उनको भनाइ थियो।
तालिममा सहभागीहरूले आफूले सिकेको सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै स्वरोजगार बन्ने प्रतिबद्धता जनाएका छन्।४ कार्यक्रममा आरती रानाले शुभकामना मन्तव्य दिएकी थिइन्। तालिममा प्रमिला थापाले सहप्रशिक्षकका रूपमा सहजीकरण गरेकी थिइन्।
कार्यक्रम जस्मिन ब्युटी पार्लरका संचालक जस्मिन गुरुङको अध्यक्षता झुम अधिकारीको स्वागत तथा एलिसा बीसीको संचालनमा सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij