सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । रोटरी क्लब अफ देवदहको २९५औँ नियमित बैठक क्लबका अध्यक्ष रोटेरियन नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा गत जुलाई महिनामा क्लब तथा विभिन्न समितिमार्फत सम्पन्न गतिविधिको समीक्षा गर्दै आगामी अगस्ट महिनाका लागि कार्ययोजना र प्राथमिकताबारे छलफल गरिएको थियो।
बैठकमा विभिन्न समितिका अध्यक्षहरूले जुलाई महिनाको प्रगति विवरण प्रस्तुत गर्दै अगस्ट महिनामा सञ्चालन गरिने कार्यक्रम तथा गतिविधिको योजना प्रस्तुत गरेका थिए।
बैठकले आगामी शनिबार देवदह–६ स्थित युगज्योति माध्यमिक विद्यालयमा मेगा आँखा शिविर आयोजना गर्ने निर्णय गरेको छ। विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका नागरिकलाई लक्षित गरी आयोजना गरिने शिविर डा. कृष्ण गैरेको समन्वयमा श्री कृष्ण डेन्टल एण्ड आई केयर सेन्टर, देवदह–५ को सहकार्यमा सञ्चालन हुनेछ।
यसैगरी, क्लबको महत्वपूर्ण सामुदायिक परियोजना ‘स्वर्ग यात्रा’ का सम्बन्धमा समेत छलफल गरिएको थियो। सो परियोजनाका लागि President-Elect रोटेरियन इन्द्रबहादुर सुनारले ५५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो। क्लबका Charter President रोटेरियन जयकिशन अधिकारी तथा Past President डा. सुन्दर पाण्डेले परियोजनाबारे जानकारी दिँदै कार्यक्रम सफल बनाउन सदस्य तथा शुभेच्छुकबाट सहयोग र आर्थिक स्रोत जुटाउन आग्रह गर्नुभयो।
बैठकमा रोटेरियन सुमन पाठकले रोटरी क्लब अफ देवदहसँगको आफ्नो यात्रा तथा अनुभव प्रस्तुत गर्नुभएको थियो। Past Presidentहरू रोटेरियन विष्णु पाठक, रोटेरियन कुलप्रसाद पौडेल तथा रोटेरियन कृष्णप्रसाद पौडेलले क्लबका विभिन्न परियोजना तथा आगामी कार्यदिशाबारे आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गर्नुभएको थियो।
बैठकको सुरुवातमा President-Elect रोटेरियन इन्द्रबहादुर सुनारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव रोटेरियन रामचन्द्र उपाध्यायले गर्नुभएको थियो। बैठकको अन्त्यमा IPP रोटेरियन डोलराज न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
बैठकले आगामी दिनमा क्लबका सेवा परियोजनालाई थप प्रभावकारी बनाउँदै सदस्यहरूको सक्रिय सहभागिता र सहकार्यका माध्यमबाट समुदायमा दीर्घकालीन तथा सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij