सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा पाउन नसकेको गुनासो आएपछि देवदह नगरपालिका बजार अनुगमन समितिले ग्यास डिपो तथा बिक्री केन्द्रहरूमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा लुम्बिनी ग्यास तुलनात्मक रूपमा सहज उपलब्ध रहेको, तर अन्य कम्पनीका ग्यासको अभाव कायमै रहेको पाइएको छ। देवदहको खैरेनी, शीतलनगर, भलुहीलगायतका क्षेत्रमा रहेका ग्यास डिपो तथा बिक्री केन्द्रमा गरिएको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो। अनुगमनका क्रममा विभिन्न बिक्री केन्द्रमा रहेको ग्यासको मौज्दात तथा उपभोक्तालाई वितरण गर्न बाँकी रहेको विवरणसमेत संकलन गरिएको छ।
देवदह -५ खैरेनी स्थित गणपति किचन वेयरमा १९ वटा ग्यास मौज्दात रहेको र १०० जना उपभोक्तालाई ग्यास दिन बाँकी रहेको पाइएको छ।
देवदह-५ कै राजन इन्टरप्राइजेजमा १ वटा मात्र ग्यास मौज्दात रहेको र ४० जना उपभोक्तालाई दिन बाँकी रहेको छ। शुभाञ्जली इन्टरप्राइजेजमा १ वटा ग्यास मौज्दात रहेको र करिब ३०० वटा ग्यास आवश्यक रहेको पाइएको छ।४ देवदह -५ को भण्डारी ट्रेड एन्ड सप्लायर्समा १ वटा ग्यास मौज्दात रहेको र ३० वटा ग्यास वितरण गर्न बाँकी रहेको छ।देवदह -६ स्थित सृजना ग्यास सप्लायर्समा ८० वटा ग्यास मौज्दात रहेको पाइएको छ।
देवदह -७ पिपलडाडा स्थित धर्मराज इन्टरप्राइजेजमा ६ वटा ग्यास मौज्दात रहेको र ३५ वटा आवश्यक रहेको छ। जिज्ञासा ट्रेडर्स, वडा नं. ७ मा १० वटा ग्यास मौज्दात रहेको र ४० वटा वितरण गर्न बाँकी रहेको छ।भलुही स्थित के एन्ड के जनरल स्टोर्समा १ वटा मात्र ग्यास मौज्दात रहेको र ४० वटा ग्यास वितरण गर्न बाँकी रहेको पाइएको छ।
त्यस्तै, जिज्ञासा ट्रेडर्समा १८ वटा ग्यास मौज्दात रहेको तथा न्यु सिद्धार्थ ट्रेडर्समा १४ वटा ग्यास मौज्दात रहेको पाइएको छ।
उपभोक्ताले सहज रूपमा ग्यास नपाइरहेको गुनासो आएपछि वास्तविक अवस्था बुझ्न तथा ग्यास आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले अनुगमन गरिएको बजार अनुगमन समितिका संयोजक एवं देवदह नगरपालिका–७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो।
उहाँले ग्यासको आपूर्ति अवस्था, मौज्दात तथा उपभोक्ताको मागबारे स्थलगत जानकारी लिइएको बताउँदै आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति सहज बनाउन पहल गरिने जानकारी दिनुभयो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij