सोमवार, आश्विन १२ गते २०८३
लुम्बिनी पाना, देवदह । नेपाल विद्यालय कर्मचारी परिषद् देवदह नगर समितिको अध्यक्षमा श्याम थापा निर्वाचित भएका छन्।१
बिहीबार देवदहस्थित केरवानी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न परिषद्को तेस्रो अधिवेशनले थापाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
परिषद्को उपाध्यक्षमा सिता चौधरी, सचिवमा नवीन पाण्डेय, कोषाध्यक्षमा नरसिंहप्रसाद चौधरी निर्वाचित भएका छन्। त्यस्तै सदस्यहरूमा प्रदीप चौधरी, सपना पौडेल, कुलजित चौधरी, मिना रेग्मी र रुकमणी बस्याल रहेका छन्। निर्वाचित कार्यसमितिको जानकारी निर्वाचन मण्डलका संयोजक नरेन्द्र गुरुङले दिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय अध्यक्ष गङ्गाराम तिवारीले विद्यालय कर्मचारीका हक, अधिकार तथा सेवा–सुविधाका विषयमा परिषद्ले निरन्तर आवाज उठाउँदै आएको बताए। उनले विद्यालय कर्मचारीको पेशागत सुरक्षा, सम्मानजनक सेवा–सुविधा र अधिकार सुनिश्चितताका लागि सम्बन्धित निकायसँग आवश्यक पहल तथा समन्वय गरिने बताए।
विद्यालय कर्मचारीका लागि प्रोत्साहन भत्ता, बिरामी बिदा, सेवा–सुविधालगायतका जायज माग सम्बोधन गराउन परिषद् थप सशक्त रूपमा अघि बढ्ने उनको भनाइ थियो। उनले कर्मचारीका समस्या र मागलाई एकताबद्ध रूपमा उठाउँदै अधिकार प्राप्तिका लागि निरन्तर पहल गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा हालै अवकाशप्राप्त महामाया भवानी माध्यमिक विद्यालयका कुलबहादुर खवासलाई सम्मान गरिएको थियो।
कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य भगवती तामाङ, केरवानी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक कमल ज्ञवालीलगायतको उपस्थिति रहेको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij