सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेसनल प्याब्सन रुपन्देहीद्धारा भोटेकोशी बाढी प्रभावितलाई १८ लाख बढी सहयोग

नेसनल प्याब्सन रुपन्देहीद्धारा भोटेकोशी बाढी प्रभावितलाई १८ लाख बढी सहयोग

images
  • 58
    SHARES

  • images
    images
    images
    नेसनल प्याब्सन रुपन्देहीद्धारा भोटेकोशी बाढी प्रभावितलाई १८ लाख बढी सहयोग
    images
    images
    images

    लुम्बिनी पाना । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) रुपन्देहीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ लाख २३ हजार ९ सय ७ रुपैयाँ सहयोग गरेको छ।

    रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि जिल्लामा रहेका संस्थाका सदस्यहरूबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख ५ हजार १ सय ८६ रुपैयाँ तथा केन्द्रीय समिति मार्फत ११ लाख १८ हजार ७ सय २१ रुपैयाँ गरी कुल १८ लाख २३ हजार ९ सय ७ रुपैयाँ सहयोग गरिएको हो।

    images
    images
    images

    बुधबार आयोजित एक समारोहबीच जिल्ला शाखाका अध्यक्ष बाबुराम बन्जाडे र कोषाध्यक्ष कमल पौडेलले केन्द्रीय उपमहासचिव विष्णु प्रसाद पौडेल, केन्द्रीय सचिव बालकृष्ण तिवारी र केन्द्रीय सदस्य बिल प्रसाद गुरुङलाई उक्त रकम हस्तान्तरण गरे।

    भोटेकोशीमा आएको बाढीबाट विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै अध्यक्ष बन्जाडेले पीडितलाई राहत पुग्ने गरी संस्थागत रूपमा रकम एकीकृत गरेर हस्तान्तरण गरिएको बताए। कार्यक्रममा हस्तान्तरण गरिएको रकम बुझ्दै केन्द्रीय उपमहासचिव विष्णु प्रसाद पौडेलले देशमा पीडाको बेला रुपन्देही जिल्लाबाट उदाहरणीय रूपमा सहयोग जुटेको बताए। उनले उक्त रकम छिट्टै अर्थ मन्त्रालयमा हस्तान्तरण गरिने जानकारी दिए।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij