सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

छात्रा शौचालय निर्माणका लागि रोटरी क्लब अफ देवदह र युगज्योति माविबीच सम्झौता

छात्रा शौचालय निर्माणका लागि रोटरी क्लब अफ देवदह र युगज्योति माविबीच सम्झौता

images
  • 66
    SHARES

  • images
    images
    images
    छात्रा शौचालय निर्माणका लागि रोटरी क्लब अफ देवदह र युगज्योति माविबीच सम्झौता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोटरी क्लब अफ देवदहले देवदह नगरपालिका–६ स्थित युगज्योति माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गर्ने भएको छ।

    रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको Basic Education and Literacy Programme बाट प्राप्त हुने रु. २ लाख सहयोगमा परियोजना सञ्चालन गर्न विद्यालय र रोटरी क्लबबीच आज समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको हो। युगज्योति माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा रोटरी क्लब अफ देवदहका अध्यक्ष नारायण भण्डारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका–५ का वडाध्यक्ष गणेश डुम्रे, रोटरी क्लब अफ देवदहका सचिव रामचन्द्र उपाध्याय तथा मेम्बरशिप चेयर दुर्गा भुर्तेलको उपस्थिति थियो। विद्यालयका तर्फबाट प्रधानाध्यापक यमलाल अर्याल र शिक्षिका शीला मल्लको समेत सहभागिता रहेको थियो।

    विद्यालयका छात्राहरूका लागि सुरक्षित तथा आवश्यक सरसफाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिने उक्त शौचालय रोटरी वर्ष २०२६/२७ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। परियोजनाले विद्यालयमा अध्ययनरत छात्राहरूको स्वास्थ्य, सरसफाइ तथा सहज सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    रोटरी क्लब अफ देवदहले यसअघि पनि सामुदायिक विद्यालयमा छात्राहरूका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ। क्लबले कोटही आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय तथा तत्कालीन शान्तिप्रिय आधारभूत विद्यालयमा छात्रा शौचालय निर्माण गरिसकेको छ।

    शिक्षा, स्वास्थ्य, सरसफाइ तथा समुदायको आवश्यकतामा आधारित सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको रोटरी क्लब अफ देवदहले रोटरी वर्ष २०२६/२७ मा पनि यस्ता परियोजनालाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij