सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नेपाल मगर युवा संघ रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन भदौ २७ गते हुने, तयारी पुरा

नेपाल मगर युवा संघ रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन भदौ २७ गते हुने, तयारी पुरा

images
  • 124
    SHARES

  • images
    images
    images
    नेपाल मगर युवा संघ रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन भदौ २७ गते हुने, तयारी पुरा
    images
    images
    images

    लुम्बिनी पाना, ​बुटवल। नेपाल मगर युवा संघ, जिल्ला समन्वय समिति रुपन्देहीको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन आगामी भदौ २७ गते शनिबार बुटवलमा हुने भएको छ। बुटवल-०८, सुखानगरस्थित अमर भवनमा अधिवेशन सुरु हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

    अधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको र जिल्लाका विभिन्न गाउँ तथा नगर समितिबाट प्रतिनिधि, पर्यवेक्षक तथा आयोजक समिति गरी कुल ६० जना युवाहरूको सहभागिता रहने संघले जनाएको छ। यस अधिवेशनबाट सक्षम, जुझारु, सशक्त र नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ।

    images
    images
    images

    ​पत्रकार सम्मेलनमा नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष दल बहादुर विरकट्टा, केन्द्रीय लेखा समिति सदस्य जसु पुन लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता नेपाल मगर युवा संघ रुपन्देहीका अध्यक्ष हेमन्त बुढाथोकी मगरले गर्नुभएको थियो। कोषाध्यक्ष वीर बहादुर रानाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव खेम बहादुर आलेले गर्नुभएको थियो।

    ​संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २६,५५०/- सहयोग गर्ने निर्णय समेत गरेको छ।

    ​"सम्पूर्ण मगर युवा एक हौँ, स्वरोजगार तथा उद्यमशील बनी पहिचान सहितको मगरात प्रदेश स्थापना गरौँ" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अधिवेशनलाई सफल पार्न सम्पूर्ण मगर समुदाय, सामाजिक संघ-संस्था, मिडियाकर्मी तथा शुभचिन्तकहरूमा संघले हार्दिक अपिल गरेको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij