देवदहको खैरेनी चोकमा हात धुने साबुन पानीको व्यवस्था
देवदहको खैरेनी चोकमा हात धुने साबुन पानीको व्यवस्था
1.8K
SHARES
कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनको लागि देवदहको खैरेनीमा हात धुने साबुन पानीको व्यवस्था सहित फुट प्रेस हेन्ड वासको व्यवस्था गरिएको छ।
लायन्स क्लब अफ देवदह र लियो क्लब अफ देवदहको संयुक्त आयोजनामा देवदह खैरेनी चोकमा आवतजावत गर्ने र त्यहा बसोबास गर्ने मानिसहरूलाइ मध्यनजर गर्दै फुट प्रेस हेन्ड वासको एक कार्यक्रममा बीच आज सुभारम्भ गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका नगर उपप्रमुख बिद्यालक्ष्मि गुरुङले बोल्दै विश्वनै कोरोना महामारीको जोखिम संग लडिरहेको अवस्थमा आअफु सतर्क रही सुरक्षित हुनुनै आजको प्रमुख आवश्यकता रहेको बताउनु भएको थिय। साथै कोरोना संक्रमितलाई भेदभावको दृष्टिले नहेर्न उहाले आग्रह गर्नु भएको थियो।
कार्यक्रममा नेकपा नगर अध्यक्ष प्रकाश अर्याल ,बिनोद थापा मगर लगायतले बोल्दै संक्रमण महामारी वाट जोगिन साबुन पानीलेहात धुनु जरुरि भएको बताउनु भएको थियो।
कार्यक्रममा लियो क्लब अफ देवदहका अध्यक्ष श्रद्दा कुवर क्षेत्रि,बिष्णु ज्ञवाली ,देवदह नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक चापागाई ,गुमन सिह कुवर क्षेत्रि ,अजय चापागाई ,शिला मल्ल ,दिपेश बिक्रम मल्ल , अन्जु श्रेष्ठ कृष्ण राज पौडेल लगायतको उपस्थिति रहेको थियो। लायन्स क्लब अफ देवदहका अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम मन बहादुर क्षेत्रिको संचालनमा सम्पन्न भएको थियो।