बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

~ कलियुगे दासहरु ~

~ कलियुगे दासहरु ~

images
  • 1.8K
    SHARES

  • images
    images
    images
    ~ कलियुगे दासहरु ~
    images
    images
    images

    118860410_650561392510916_2975467863426217878_n.gif

    आफ्नै मगजको कैदी बनेर,
    चिथोर्दै छ भित्तो कोतर्दैछ छानो,
    मुसो बनेर हुंकार्दैछ दुलो भित्रबाट,
    आफैमा उन्मक्त कलियुगे दासहरु !!

    images
    images
    images

    परिवर्तन बुझेनन् ,
    उपलब्धि देखेनेन,
    सलामी ठोक्दैछन मालिकहरुलाई
    अनि गर्वका साथ,
    खण्डहरबाट ङिच्च हाँस्दैछन,
    कलियुगे दासहरु !!

    भत्की ढलेको छ मानवताको धरोहर,
    लुटिएको छ ममतामयी न्यानो काख,
    च्यातिएको छ प्रेमिल मजेत्रो,
    बाँकी छ केवल वैंशले उन्मत्त कालो रात !!

    मार्क्सको खास्टोमा दाग लगाएर,
    बिपिको नितिमा धब्बा पोतेर,
    समाजवाद र समृद्धिको भजन जप्दैछन,
    आफै भित्र हराएका कलियुगे दासहरु !!

    118756363_329877011701203_3445680361491121271_n.gif

    गुमेको सिमाना भित्र बसेर,
    ढलेको स्वाभिमान भित्र रम्दै,
    आफ्नै आत्मसम्मान गुमाएर,
    ङिच्च हाँस्दैछ कलियुगे दासहरु !!

    गर्भ मै गुटबन्दी सिकेका सन्तानहरु,
    जन्मिदै दलाली जानेका नेपालीहरु,
    छोरी-चेली बेचेर गर्व गर्ने बाबुहरु,
    बिटो थापेर खिस्स हाँस्दैछ कलियुगे दासहरु !!
    २१औं शताब्दीका निर्लज्ज दासहरु !!

    राम चन्द्र तिम्सिना
    (आवाज)

    118784484_2712280032208352_570753874290824323_n.gif

     

    images
    images
    • शनिवार, भाद्र २७ २०७७०७:०९:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij