
असोज १ देवदह।देशमा रोजगारी पाउँन नसकेपछि बिदेशिन बाध्य नेपाली युवाहरुको कथा ब्यथा समेटिएको गीति कथाको छायांकन सुरु भएको छ।
रोजगारी शिलशिलामा विदेश गएर बिदेशमै हराइरहेका,श्रम शोषण र यौन शोषणमा परेका ,बिदेशमा झुठो मुद्दामा पारिएका समग्रहमा बिदेशमा दुख पाएका नेपालीको कथा बोकेको गीति कथा भएको गायक तथा संगीतकार तेजु अर्यालले जानकरी दिनु भयो।
दशैँ आउदा तिहारै आउदा बोलको गीति कथामा शब्द स्वर र संगीत तेजु अर्यालको रहेको छ। साथै तेजु अर्याल र हरि बिश्वकर्माको स्वर रहेको गित असोज पहिको हप्ता सार्बजनिक गरिने तेजु अर्यालले जानकारी दिनुभयो।

श्रीनगर फिल्मस प्रालिका मनिष पन्थको छायांकन तथा निर्देशन रहेको गीति कथामा संदेश ढुंगाना,हर्क बहादुर घर्ति ,चुनिसरा घर्ति, अन्जु घर्ति लगायतको अभिनय रहेको छ।
देवदह क्षेत्रका पहाडी भेग मुढाबास लगायत देवदहकै लोकेशनमा गीतिकथा छायांकन गरिने छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij