
असोज ३,देवदह। ‘हुनेले दिएर जानु, नहुनेले लिएर जानु’ भन्दै भदौ २४ गते देखि देवदहमा क्रियाशिल विभिन्न ६ क्लबहरुले संचालन गरेको फुड बैंकले ११ दिनको अवधिमा ६२७ घर परिवारलाई खाद्यान्न वितरण गर्दै कार्यक्रम समापन गरेको छ।

लायन्स क्लब अफ देवदह,लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ देवदह,लियो क्लब अफ देवदह, लियो क्लब अफ लर्ड बुद्ध, रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदह र सामाजिक सेवा समूह फाउण्डेशन नेपालले संयुक्त रुपमा फुड बैंकको स्थापना गरि अति बिपन्न,अभाव भएका वास्तविक पिडितको घरमै पुगेर राहत वितरण गरेको र औपचारिक रुपमा कार्यक्रम समापान भए पनि संकलन गरिएका खाद्यान्न वितरण गर्न बाकि रहेकोले अझै १५० परिवार गरि ८०० बढी घर परिवारलाई राहत दिने योजना रहेको लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ देवदह अध्यक्ष लायन दिपेश बिक्रम मल्लले जानकारी दिनुभयो।

देवदह नगरपालिका नगरप्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,लायन बिष्णु प्रसाद पौडेल,लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङ,लायन्स क्लब अफ देवदह प्रोफेशनल युथ देवदह अध्यक्ष लायन दिपेश बिक्रम मल्ल,रोट्याक्ट क्लब अफ तिलोत्तमा देवदहका अध्यक्ष अर्जुन गुरुङ,लियो क्लब अफ देवदहका अध्यक्ष श्रद्दा कुवर क्षेत्रि , लियो क्लब अफ लर्ड बुद्धका अध्यक्ष सन्दिप तिवारी , सामाजिक सेवा समूह फाउण्डेशन नेपालका अध्यक्ष रबि बल्लब रेग्मी ,लायन बिष्णु ज्ञवाली,बिनोद थापा मगर लगायत क्लबका सदस्य तथा पदाधिकारीको सहभागिता रहेको थियो।

कार्यक्रम लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन राम बहादुर गुरुङको अध्यक्षता तथा लियो क्लब अफ देवदहका अध्यक्ष श्रद्दा कुवर क्षेत्रिको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij