असोज २४,देवदह ।रुपन्देहीको देवदहमा रहेको देवदह माध्यमिक बिद्यालयको सूचना प्रबिधि प्रयोगशालाको एक कार्यक्रमका बीच औपचारिक रुपमा सुरुवात गरिएको छ।
रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद माननीय छबिलाल विश्वकर्माले सूचना प्रबिधि प्रयोगशालाको समुद्घाटन गर्नु भएको हो। बिद्यालयका प्रधानाध्यापक केशब प्रसाद भुर्तेलले बिद्यालयमा भौतिक पुर्बधरको अभाव रहेको ,प्रयाप्त भवनहरु नरहेको बिद्यालय हरेक किसिमका क्रियाकलापमा उत्कृस्ट नतिजा दिन सफल रहेको बताउनु भएको थियो।
सांसद विश्वकर्माले बिद्यालय संचालनमा देखिएका समस्या र अभावहरुको सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताउनु भएको थियो।बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ अधिकारीको अध्यक्षता र बिद्यालयको शिक्षिका इन्दिरा अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
सोहि कार्यक्रममा युवा व्यवसायी तथा देवदह नगरपालिका ७ का वडा सदस्य धुर्ब खरेलले अक्ष कोष स्थापना गरेका छन। न्यून बर्गका बिद्यार्थी शिक्षा लिन वाट बन्चित नहुन भन्ने उद्देश्यले आफुले अक्ष कोष स्थापना गरेको खरेलले जानकारी दिए। यस अघि पनि फिस तिर्न अभाव रहेका बिद्यार्थीलाई उनले सहयोग गर्दै आएका छन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij