सोज २६ देवदह। देवदह २ पेटवानिया निवासी बिदेशी मुसहरको घर पुनर्निर्माण कार्य आज देखि सुरु भएको छ। गत बर्षादमा घर भत्किए पछि उनि छिमेकीको गोठमा आश्रय लिएर बसेका छन्।
आम्दानि गर्ने श्रीमान ६ वर्ष देखि बिरामी छन ,बिगत दुई बर्ष देखि उनका श्रीमान बोल्न तथा चल्न समेत सक्दैनन् ,१६ बर्षको जेठो छोरो २ बर्ष देखि लापत्ता छन। कान्छो छोरोले ५ पढ्दा पढ्दै आर्थिक अभावका कारण बिद्यालय जान सकेको छैन। सबै आर्थिक तथा परिवार चलाउने जिम्मेवारी कोकिला मुसहरको काधमा आइपरेको छ।कोकिला मुसहर पिडा र तनाबका कारण हास्न बिर्सी सकेकी छिन।

गत असारमा घर पनि भत्किएपछि मुसहरको परिवार थप बिचल्लीमा परेको छ। छिमेकीको गोठमा साहारा लिएर बसेका उनको परिवारलाई जति सक्दो चाडो ओत लाग्ने घरको खाचो रहेको छ।पत्रकार त्रिलोचन दाहालको नेतृत्वमा र देवदहका समाजसेवी ,व्यवसायी युवाहरुको सक्रियतामा घर पुनर्निर्माण अभियान सुरु गरिएको हो।
अभियानमा देवदह नगरपालिका ,देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डे ,पेटवानिया टोल बिकास सस्थाका अध्यक्ष सरिमाया गुरुङ ,वडा सदस्य तिलक गुरुङ लगायतको टिमले घर निर्माण गर्ने कार्यमा आफुहरुले सक्दो सहयोग गर्ने बताएका छन।

घर पुनर्निर्माण अभियानमा युवा व्यवसायी तथा जनप्रतिनिधि धुर्ब खरेल ,देवदह युवा रेडक्रस सर्कलका अध्यक्ष विकास गहतराज ,रास्ट्रीय युवा संघका बिपिन बोहोरा,योगेश प्रधान,मिठु थापा,राम क्षेत्रि,मधु श्रेष्ठ लगायतका युवाहरुले सहयोग गरिरहेका छन।
सहयोग गर्न इच्छुक सहयोगी मनहरुले तल उल्लेखित नम्बरमा सम्पर्क गरि सहयोग प्रदान गर्न सक्नुहुनेछ।
धर्मागत पाण्डे वडा अध्यक्ष-९८५७०११७०१
सरिमाया गुरुङ -९८०५४०२११८
त्रिलोचन दाहाल -९८४७०३५१३९
निर्मल एसपी मगर -९८४२००२४७८
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij