असोज २६ ,देवदह। रुपन्देहीको देवदहमा "भर्चुअल देवदह युथ आइकन २०२०" हुने भएको छ । देवदह जेसिजले खैरेनीको पाठक फुडलाण्डमा आज पत्रकार सम्मेलन आयोजना गरि यहि आउदो कार्तिक १ गते "भर्चुअल देवदह युथ आइकन २०२०" उद्घाटन गर्ने जानकारी दिएको छ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण गत बर्षहरु जस्तो प्रत्यक्ष रुपमा गर्न नपाए पनि देवदहको गहनाको रुपमा स्थापित देवदह युथ आईकनलाई निरन्तर्ता दिनको लागि भर्चुअल रुपमा गर्ने जेसिआईका अध्यक्ष सुरेन्द्र अधिकारीले जानकारी दिनु भयो । उहाले देवदहमा रहेका १३ वटा माद्यामिक विद्यालयहरुबाट कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी मध्ये कलेजले सिफारिस गरेका प्रतेक विद्यालय बाट २ देखि ४ जनाको दर ले २५-४० जना विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको बताउनु भयो ।
कार्यक्रम कात्तिक १ गते उद्घाटन भैइ कातिक ६ गते सम्म संचालन हुने छ । पहिलो दिन उद्घाटन र विर्फिङ सेसन हुनेछ । दुई दिन सम्म दुई घण्टाका दरले वाककला सम्बन्धि तालिम प्रदान गरे पछि तेस्रो दिन २५ जना सहभागी बाट १५ जना सहभागीलाई छ्नोट गरिने छ । चौथो दिन १५ जना सहभागीबाट ५ जना सहभागी छ्नोट गरिने र ती ५ जना सहभागीहरु फाईनल राउण्डमा प्रवेश गर्ने छन् ।
अरु दिनका कार्यक्रम भर्चुअल माध्यम बाटै भएपनी पाचौं दिन कार्यक्रम प्रत्यक्षरुपमा भौतिक दुरी कायम गरि आवश्यक सुरक्षा सतर्कता सम्पुर्ण अपनायर हुने छ । उक्त दिन मेयर संग टि टक, देवदह जिसीजका पुर्व अध्यक्षसंग युवा जस्ता कार्यक्रमका साथ प्रत्यक्ष र भर्चुअल रुपमा तालिम हुनेछ । छैठौं दिन भने तालिमको समापन हुनेछ। फाइनल राउण्डको लागि छनोट भएका ५ जना सहभागी मध्यबाट एक जनालाई प्रस्तुतिको आधारमा "भर्चुअल देवदह युथ आईकन २०२०" घोषणा गरिने र अन्य २५ जना सहभागीलाई ग्रायुजसन समारोह मार्फत दिक्षित गरिने छ ।
यश बर्ष प्रतियोगितामा देवदहका कलेजमा अध्ययन गर्ने २० जना छ्नोट गर्ने र देवदहमा स्थायी घर भइ अन्य कलेजहरुमा अध्ययन गर्ने युवाहरु पनि अहिले घरै भएको कारणले उनिहरुलाई पनि मौका दिन ५ जनालाई समिटन सकिने तर उनिहरु युथ आईकनको दावेदार नहुने अध्यक्ष सुरेन्द्र अधिकारी बताउनु भयो।
"भर्चुअल युथ आइकन २०२०"को उपाधि विजेताले १० हजार नगद, शिल्ड,एक वर्ष भित्र राष्ट्रिय स्तरको ३ वटा तालिममा सहभागीता , एक बर्षको अध्ययनमा छुट अथवा सोधभर्ना र उमेर पुगेपछि संवत: देवदह जेसिजको सदस्यता पाउनेछन भने उपविजेताले ५ हजार नगद,शिल्ड र उमेर पुगेपछि संवत: देवदह जेसिजको सदस्यता पाउनेछन् ।
आइकन सम्पन्न गर्नका लागि करीब ३ लाख खर्च अनुमान गरीएको कार्यक्रम संयोजक यम बहादुर थापाले जानकारी दिनु भयो । देवदह जेसिजको अध्यक्ष सुरेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक यम बहादुर थापा र धन्यवाद तालिम व्यवस्थापक समज्ञा अधिकारीले र संचालन देवदह जेसिजको सह-सचिब कमला आर्यालले गर्नु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij