असोज ३० देवदह। रुपन्देहीको देवदहमा फेसबुकको कमेन्ट बाट झगडा गर्न बोलाएर २ समूह बीच ग्याङ फाइट भएको छ। देवदह ६ को दाउन्नेमा दुइ समुहका युवाहरु बीच भिडन्त भएको हो। झगडा गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२९ गते बिहिबार बिहानै दुइ समूह बीच कुटाकुट भएको हो। ग्याङ फाइट गर्ने देवदह ५ र ६ का सात जना युवाहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा देवदह–५ का २४ बर्षिय योगेन्द्र गुरुङ, २५ बर्षीय सागर राना, २४ बर्षीय मन बहादुर गुरुङ,देवदह–६ का २७ बर्षीय विशु क्षेत्री, २१ बर्षीय मनोज क्षेत्री, १८ बर्षिय दिपेश दर्जी र २४ बर्षिय सागर पुन रहेका छन ।
फेसबुकको कमेन्टमा झगडा गरे पछि देवदह ६ का युवाहरुले सल्लाह गर्न बोलाएर अचानक खुकुरी प्रहार गरि आक्रमण गरेपछि ग्याङ फाइट भएको प्रहरीले बताएको छ । ग्याङ फाइट गर्ने मध्ये चार जना घाइते भएको र उनिहरुको टाउको खुट्टा र हातमा चोट लागेको छ। उनीहरुको हाल उपचार भैरहेको छ।
उनिहरुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाइएको देवदह प्रहरी चौकीका प्रहरी निरीक्षक दिपक महतले जानकारी दिनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij