मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कपिलवस्तुको वाणगंगामा बलात्कार बिरुद्द प्रदर्शन

कपिलवस्तुको वाणगंगामा बलात्कार बिरुद्द प्रदर्शन

images
  • 707
    SHARES

  • images
    images
    images
    कपिलवस्तुको वाणगंगामा बलात्कार बिरुद्द प्रदर्शन
    images
    images
    images

    असोज ३० कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बोधगाउँमा किशोरीहरुले बलात्कार विरुद्ध कालो पहिरनमा विरोध जनाएका छन् । किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध विरोध अभियान अन्र्तगत सो विरोध सभाको आयोजना वडा बाल संञ्जालले गरेको थियो । शुक्रबार साँझ बोडगाउँ चोकमा जम्मा भएका किशोरीहरु सबै कालो कपडा लगाएर विरोधका नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले ने मेर्सी फर रेपिस्ट लगाएतका विभिन्न नारा लेखिएका कार्डहरु बोकेका थिए ।

    किशोरी हत्या हिंसा तथा बलत्कार विरुद्ध अभियान भन्ने नाराका साथ आयोजना गरेको वडा बाल सञ्जालले वाणगंगा नगरपालिका ८ लाई ८ नम्बर वडा कार्यलय , मेचीमहाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तु, ESDO ,महिला सञ्जालको एकवद्धता रहेको थियो । उक्त विरोध कार्यक्रममा नगरकार्यपालिका सदस्य गिता भुषालले जघन्य अपराध गर्ने जो कोहिलाई कानुनको दायरामा ल्याउनु पर्ने बताउदै महिला समाजका अभिङ अङ्ग भएको बताउनु भयो । राष्ट्रपति नारी भएको यो देशमा, अझै हिंसा रोकिएन पितृसत्ता समाजमा , बलत्कारी हत्यारालाई संरक्षण दिन्छ सरकार ,अझै कति चेलिको सुन्नु छ चीत्कार, लगायतका नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरिएको थियो ।

    images
    images
    images

    अहिले कपिलवस्तु सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बलत्कर विरुद्ध किशोरीहरुले कालो कपडा लगाएर विरोध जनाईरहेका छन् । सोही अनुसार आज बोडगाउँमा पनि उनीशरुले विरोध गरेका थिए । देशभर भईरहेका बलत्कारका घटना प्रति सरकार र राज्य स्तरबाट बलत्कारीलाई कडा कानुन बनाउनुपर्ने उनीहरुको माग रहेको छ । अबोध किशोरीहरु माथि हुने बलत्कारका घटनाले सिँगो नेपाल भरीका किशोरी र महिलाहरु स्वतन्त्र हुन नसकेको उनीहरुको जोड रहेको छ । किशोरी तथा महिलाहरुलाई खेलौना सरह ठानिएको भन्दै किशोरीहरुले यस्ता अपराध गर्नेलाई कडा कार्वाही तथा सजायको माग गरेका छन् ।

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन ३० २०७७०८:२०:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij