मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

शिलालेखमा नाम छुटेको आक्रोश " मेयरले उद्घाटन गर्ने बेला उपमेयरले गरिन हमला

शिलालेखमा नाम छुटेको आक्रोश " मेयरले उद्घाटन गर्ने बेला उपमेयरले गरिन हमला

images
  • 427
    SHARES

  • images
    images
    images
    शिलालेखमा नाम छुटेको आक्रोश " मेयरले  उद्घाटन गर्ने बेला उपमेयरले गरिन हमला
    images
    images
    images

    कैलालीमा वडा कार्यालयको शिलालेखमा नाम नराखेको भन्दै मेयर र उपमेयरबीच विवाद भएको छ। 

    घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापाले वडा कार्यालयको भवनमा बनाइएको शिलालेखमा आफ्नो नाम नराखेको भन्दै विरोध जनाएकी हुन्।शनिबार बिहान घटस्थापनाको अवसर पारी वडा नम्बर ५, ७ र १२ का कार्यालय भवन उद्घाटन गर्ने कार्यक्रम थियो। 

    images
    images
    images

    मेयर ममताप्रसाद चौधरीले वडा नम्बर ७ को भवन उद्घाटन गरेलगत्तै उपमेयर थापाले शिलालेखमा आफ्नो नाम छुटाएको भन्दै आपत्ति जनाएकी थिइन्। उनले शिलालेखमा ढुंगा र मुड्कीले प्रहार गरेकी थिइन्।

    उपमेयर थापाले शिलालेखमा कसको नाम राख्ने भन्ने विषयमा यसअघि आफूलाई जानकारी नदिएकोले विरोध गरेको बताइन्। उनले आफू अनुगमनमा गएका बेला शिलालेख हेर्न नदिएको समेत आरोप लगाइन्।

    ‘मेयरको नाम छ, वडा अध्यक्ष र सदस्यको नाम छ अनि मेरो मात्र किन छुटाएको भनेर विरोध गरेकी हुँ,’ उनले भनिन्।
    थापाले शिलालेख सच्याउन भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत र मेयरलाई फोन गर्दा जानीजानी छुटाएको भनेर उल्टै हप्काएको आरोप लगाइन्।

    ‘मैले आफ्नो अपमान गरेको महशुस गरेर उद्घाटनका बेलामा शिलालेखमा ढुंगाले हानें, सके त फुटाउँथें,’ उनले भनिन्। शिलालेखमा नाम थप्ने सहमति भएको उपमेयर थापाको दाबी छ।‘२–३ दिनमा नाम थप्ने सहमति भएकाले आज तीनै वडाको भवन उद्घाटन भइसक्यो,’ उनले भनिन्।

    तर मेयर चौधरीले भने शिलालेख सच्याउने विषयमा कुनै सहमति नभएको बताएका छन्।‘वडा समितिले बनाउने हो, यसबारे मैले भन्ने होइन,’ उनले भने।मेयर चौधरीले उपमेयरको कुनै अपमान नगरेको दाबी गरेका छन्। उहाँले अनावश्यक विवाद गर्नुभएको हो, यसको केही समाधान छैन,’ उनले भने।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, कार्तिक १ २०७७०७:१२:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij