कार्तिक १, बुटवल। पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा थप १सय ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। सबै भन्दा बढी तिलोत्तमा नगरपालिकामा संक्रमित देखिएका छन। ३१ पुरुष र १९ महिला सहित तिलोत्तमामा एकै दिन ५० जनामा कोरोना देखिएको हो।
बुटवल उपमहानगर पालिकामा ४५ ,सिद्दार्थ नगरपालिकामा ३९ ,,तिलोत्तमामा मात्रै ५० जना थपिएका हुन। यो संगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या ४६८६ पुगेको छ। जस मध्य २८२९ जना निको भएका छन भने १८१० जना उपचाररत छन।
कोरोनाको कारण रुपन्देहीमा हाल सम्म ४८ जनाको मृत्यु भैसकेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij