मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

साढे चार बर्ष पछि रानीपोखरीले पुनर्जीवन पाउदै ,राष्ट्रपतिले बुधबार उद्घाटन गर्ने

साढे चार बर्ष पछि रानीपोखरीले पुनर्जीवन पाउदै ,राष्ट्रपतिले बुधबार उद्घाटन गर्ने

images
  • 343
    SHARES

  • images
    images
    images
    साढे चार बर्ष पछि रानीपोखरीले पुनर्जीवन पाउदै ,राष्ट्रपतिले बुधबार उद्घाटन गर्ने
    images
    images
    images

    कार्तिक ४ ,काठमाडौं।  पुनर्निर्माण सकिएको रानीपोखरीको भोलि (बुधबार) उद्घाटन हुने भएको छ । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएपछि उद्घाटन हुन लागेको हो ।

    बिहीबार मध्याह्न १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्न लागेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार पुनर्निर्माणपछि बत्ती जोड्ने, रंगरोगन गर्ने, सरसफाइ गर्ने लगायतको काम सकिएपछि उद्घाटन गर्न लागिएको हो ।

    images
    images
    images

    २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन् । लामो समयको अलमल र विवादपछि रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको हो ।

    बालगोपालेश्वर मन्दिर पनि मल्लकालमै रहेको ग्रन्थकुट (शिखर) शैलीमै बनेको छ । त्यसअघि राणाकालमा यो मन्दिर गुम्बज शैलीमा पुनर्निर्माण भएको थियो ।

    सुरुमा रानीपोखरी काठमाडौं महानगरले जिम्मा लिएर अलपत्र पारेको थियो । पोखरीदेखि पर्खालसम्म सबैतिर कंक्रिट प्रयोग भएपछि विवाद भयो । रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्ने अडानले मेयर विद्यासुन्दर शाक्य विवादमा पनि तानिएका थिए ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी तथा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मा लिएका थिए । भक्तपुरका कालीगढ ल्याएर परम्परागत तवरले कालोमाटोको प्रयोग गरेर पोखरीलाई पानी अडिने बनाइएको थियो ।

    भूकम्पबाट क्षति पुगेको रानीपोखरीले करिब साढे ४ वर्षमा पुनर्जीवन पाएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक ४ २०७७०७:१८:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij