कार्तिक ५,बुटवल। लुम्बिनी प्रदेशको रुपन्देहीमा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। ११९ पुरुष र ६८ महिला गरि १८७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। बुटवल उपमहानगर पालिकामा मात्रै ३१ महिला र ४९ पुरुष सहित सर्बाधिक ८० जनामा कोरोना पोजेटिभ देखिएको हो।
यो संगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ४७ पुगेको छ। जस मध्य ३ हजार १९ जना डिस्चार्ज भएका छन्। सक्रिय संक्रमित २२ सय ६९ जना आइसोलेसनमा उपचाररत छन्।
हाल सम्म ५९ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij