मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा,नियत कि त्रुटि ?

प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा,नियत कि त्रुटि ?

images
  • 444
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्रीको दसैं शुभकामनामा पुरानै नक्सा,नियत कि त्रुटि ?
    images
    images
    images

    कार्तिक ७ ,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंका अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ।

    निशानछाप भित्रको उक्त नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेका छन्। नेपालको भूभाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो। 

    images
    images
    images

    उक्त नक्सा प्रचलनमा ल्याउन थालिएको थियो। नेपालले यी भूभाग समेटेर जारी गरेको नक्साप्रति भारतको भने असन्तुष्टि छ।

    भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट आएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ।

    शुक्रबार बिहान ९:२३ मा प्रधानमन्त्रीको निजी ट्विटर खाताबाट शुभकामना जारी भएको थियो। उनले अंग्रेजी भाषामा पनि शुभकामना दिएका छन्। उक्त सन्देशको नक्सामा त्रुटि रहेको धेरैले औंल्याएको भए पनि सच्याइएको छैन। यसले थप सन्देह पैदा गरेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, कार्तिक ७ २०७७१२:१०:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij