कार्तिक ८, देवदह।रुपन्देहीको देवदह १० चरङ्गे स्थित इमान होटलबाट होटल सञ्चालक सहित ४ युवा र ४ जना युवतीलाई प्रहरीले नियन्त्रण लिएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रताप सिंह राठौरले दिएको जानकारी अनुसार शुक्रबार रति ११ बजे हो-हल्ला गरेको आरोपमा उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए ।४ जना युवाहरु एउटा कोठामा र ४ जना युवतीहरु अर्को कोठामा कुरा गरिरहेको अवस्थामा भेटिएकोले अनुसन्धान गरिरहेको र मुद्दा चलाउने नचलाउने बिषयमा अहिल्यै केहिभन्न नमिल्ने अनुसन्धान पछि टुंगोमा पुगिने डीएसपी राठौरले बताए।
देवदहमा संचालनमा आएका केहि गेस्ट हाउसहरुमा यौन जन्य क्रियाकलाप हुने गरेको गुनासो स्थानीय स्तर वाट बेला बेलामा आउने गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij