कार्तिक ८, देवदह।सगरमाथा आवासीय माध्यामिक बिद्यालयले विजयादशमीको पावन अवसरमा आयोजना गरेको "दशैं टिका मन्त्र वाचन प्रतियोगिता" सफलता पूर्वक सम्पन्न भएको छ।
दशैं टिका मन्त्र वाचन प्रतियोगिता को उपाधि कक्षा ७ मा अध्ययनरत बिद्यार्थी प्रिन्सेप खनालले जितेका छन्। कक्षा ८ की ओजवस्बि न्यौपाने द्वितीय, कक्षा ७ का अंकुर पोख्रेल तृतीय तथा कक्षा ५ का विपिन रिजाल चौथो भएका छन्।
कार्यक्रममा विद्यालयका सह - प्राचार्य लेखनाथ काफ्ले र विद्यालयका भूतपूर्व विद्यार्थी अविष्कार पराजुलीले आफ्ना विचार एबम् शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचार्य ज्युले विद्यार्थीहरुलाई संस्कार र संस्कृति प्रति सचेत गराउँदै समाज प्रति जवाफदेही नागरिकको रूपमा स्थापित गर्न सगरमाथा स्कुल सदैव प्रतिबद्ध रहेको जानकारी गराउनु भयो।
विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता, शिक्षक द्वय प्रदीप अधिकारी र श्रीकृष्ण अधिकारीको निर्णायक र शिक्षक दिपेश विक्रम मल्लको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij