कार्तिक ८, देवदह।बिगत ६ बर्ष देखि थाइराइड रोगले ग्रसित र २ बर्ष देखि बोल्न समेत नसक्ने देवदह २ पेटवानिया निवासी विदेशी मुसहरको निधन भएको छ। स्वास्थ्य अवस्था नाजुक रहेको उनको आज बिहान निधन भएको हो।
अति बिपन्न मुसहर परिवारको घर गत बर्षाद भत्किएपछि छिमेकीको गोठमा आश्रय लिएर बसेको थियो।
ग्घर भत्किएर छिमेकीको गोठमा आश्रय लिएको खबर सार्बजनिक भए पछि सामाजिक कार्यमा क्रियाशील युवाहरुको समुहले सम्बन्धित वडा संग सहकार्य गरि घर निर्माण कार्य अगाडी बढाएको थियो।
तत्काललाई घर निर्माण कार्य स्थगित गरिएको र दशैँ पछि सुरु गरिने देवदह नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मागत पाण्डेले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij