मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पर्सा हत्याकाण्डका दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष प्रचण्डको माग

पर्सा हत्याकाण्डका दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष प्रचण्डको माग

images
  • 382
    SHARES

  • images
    images
    images
    पर्सा हत्याकाण्डका दोषीलाई कारबाही गर्न नेकपा अध्यक्ष प्रचण्डको माग
    images
    images
    images

    कार्तिक ९ ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्साका मुकेश चौरसियाको हत्याका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। 

    यसअघि पार्टी जिल्ला कमिटीले हत्याको  भत्सना गरेको सम्झना गर्दै प्रचण्डले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरमा ल्याउनुपर्नेमा जोड दिएका हुन् । 

    images
    images
    images

    प्रचण्डले जघन्य अपराधमासमेत सम्बन्धित निकायले मुद्दा दर्ता गर्न आनाकानी गरेकोप्रति आश्चर्य व्यक्त गरेका छन्। 

    ‘दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु’, प्रचण्डले विज्ञप्तिमा भनेका छन्, ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ।’ 

    कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा आक्रमण हुँदा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव मुकेश चौरसियाको हत्या भएको थियो।  

    यसै विषयमा प्रचण्डले पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले दोषीमाथि कारबाही गर्न माग गरेका  हुन्। 

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक ९ २०७७०७:१२:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij