कार्तिक ,१३ देवदह। रुपन्देहीको देवदह ७ शितलनगर निवासी ३५ बर्षीय गीता अर्याल भट्टराईलाई कार्तिक ८ गते महाअष्टमीको दिन निर्घात कुटपिट भएको घटना सार्बजनिक भएको छ।
देवदह ७ शितलनगर बस्दै आएका उनलाई बारम्बार परिवारको सदस्य वाट कुटपिट हुन थालेपछि ११ बर्षीय छोरी सहित बिगत १ बर्ष देखि देवदह ४ पिपरैयामा बस्दै आएकी थिईन। गत कार्तिक ८ गते महाअष्टमीको दिन उनी बसेकै ठाउमा पुगेर ससुरा हरिप्रसाद भट्टराई ,नन्द मिलेर शरीर भरि नील डाम हुने गरी कुटपिट गरेका हुन। ढाड, दुबैे खुट्टा देखि माथि सम्म , दुबै हात , मुख , टाउको जहां जहां हुन्छ एक साथ कुटपीट गरेका कारण अहिले शरीर चलाउन भएको छैन , पछिल्लो पटक कुटपीट गरेपछि ११ बर्षिया छोरीलाई पनि जबर्जस्ती उनीहरुले लिएर गएको गीताले बताएकी छन ।
गीतलाई कुटपिट गरिएको यो पहिलो पटक भने होइन बिगत १३ बर्षदेखि परिबारबाट चरम यातना भोग्दै आएको उनले बताएकी छिन।
बिबाह भएको बर्ष देखिनै दाइजो कम भएको बहानामा उनले यातना सहदै आएकी छन । पहिले पहिले श्रीमान, नन्द अमाजुले कुटपीट गर्ने गर्थे भने पछिल्लो समयमा ससुरा हरिप्रसाद भट्टराई समेत सामेल भएको गीता बताउछिन।
पटक पटक प्रहरीले मिलापत्र गराएर आगामी दिनहरुमा कुटपिट नगर्ने शर्तमा सहमति गरे पनि घटना बारम्बार दोहोरिने गरेको छ।
देवदह प्रहरी चौकीमा जाहेरी आएको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाएको देवदह प्रहरी चौकीले जानकारी दिएको छ। पिडितले दोषीलाई कडा कारबाही नहुदा सम्म र आफुले न्याय नपाउदा सम्म मिलापत्र नगर्ने अडान लिदै आएकी छिन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij